पहिलो विश्वकपमा अफगानिस्तानको पहिलो जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७१, बिहीबार १२:०६

aafganistanएजेन्सी । विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको अफगानिस्तानले आज स्कटल्याण्डमाथि एक विकेटको जित हात पारेको छ । २ सय ११ रनको लक्ष्य अफगानिस्तानले तीन बल बाँकी छंदा नौ विकेट गुमाएर भेट्टायो । नवौ विकेटका लागि सामिउल्लाह शेनवारी र हमिद हसनले ६० रनको योगदान गरेपछि अफगानिस्तानको जित सम्भव भएको हो । व्यक्तिगत रुपमा शेनवारीले ९६ रन बनाए । यसअघि टस हारेर व्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा २ सय १० रनको योगफल बनाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१