चेपाङ र दलित समुदायलाई लक्षित निःशुल्क स्वास्थ्य शिविर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ फाल्गुन २०७१, बुधबार १२:२७

धादिङ   । धादिङ राजमार्गबाट करिव १५ कि.मि. कच्ची सडक उकालो लागेपछि पुगिने अत्यन्तै रमणीय स्थान पिडा¬–४, धादिङको डोलभञ्ज्याङ उच्च मा.वि.मा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम गरिएको छ । २ दिन सम्म चलेको उक्त शिविरमा ५०० जना विरामीहरुलाई उपचार, परामर्श तथा औषधि वितरण गरिएको शिविर मनमोहन मेमोरियल शिक्षण अस्पताल, स्वयम्भू, स्थानिय स्वास्थ्य चौकी र प्रयास नेपालको सयुक्त आयोजनमा भएको जानकारी अस्पतालमा प्रशासकिय अधिकृत नवराज रुपाखेतीले दिनुभयो । उक्त शिविरमा डा. राम प्रसाद श्रेष्ठ, डा. वंशिधर मिश्र, डा.मनोर दिन सैयद, डा. अरुणीमा श्रेष्ठ, डा. नगेन्द्र प्रसाद शाह, डा. मिलन शाक्य, डा. तेज प्रकाश दवाडी, डा. सरोज यादव, डा. उमा क्षेत्री, डा. सविना सेढाई, सुनिल फूँयाल, कल्पना श्रेष्ठ, श्रृष्टी सिवाकोटी, सरु महर्जन, सिर्जना काकी, भगवती श्रेष्ठ, सुमित्रा गोले, शिव के.सी. रेवा दहाल, पुष्प ढुङ्गेल, शरद चन्द्र ओझा, सन्तोष कोइराला लगायतको टोलीले जनरल सर्जरी, मेडिसिन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, वालरोग, नाक, कान .घाँटी र छाला तथा यौन रोगको विशेषज्ञ सेवा दिनु भएको थियो ।

उपचार गराउन आउनु भएकी ६५ वर्षिया माया चेपाङले निःशुल्क उपचार र औषधि समेत पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो लामो समयदेखि रहेको पाठेघरको समस्यामा फाइदा पुग्ने आशा गरिन । उक्त शिविरमा भेटिएका आङ खसेका महिलाहरुलाई निकट भविष्यमा नै निःशुल्क शल्यक्रिया गरिदिने बाचा स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा.मनोर दिन सैयदले दिनु भयो । विगत १ वर्षमा आफ्नो अस्पतालले १०० जना सिमान्तकृत महिलाहरुको निःशुल्क शल्यक्रिया गरेको र अरु ४० जनाको पनि निःशुल्क शल्यक्रिया गरेर सामाजिक उक्तरदायित्व वहन गरेको जानकारी समेत डा. सैयदले दिनुभयो । चेपाङ र दलित समुदायको वाहुल्यता रहेको उक्त ठाउँमा विषेशज्ञ चिकित्सकीय सेवा पाएर स्थानीयवासिले राहत महसुस गरेको सामाजिक अगुवा ६० विर्षिय देव कुमारी श्रेष्ठले बताइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१