भारतीय संसदमा नेपाल सम्बन्धी धारणा सार्वजनिक हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ फाल्गुन २०७१, बुधबार १०:५५

Indian-Parliament-House-Delhiकाठमाडौ, १३ फागुन । भारत सरकारले नेपाल सम्बन्धी आफ्नो नीति सार्वजनिक गर्ने भएको छ । संसदमा केही सभासदहरुले नेपालको पछिल्लो परिवर्तन र छिमेकी राष्ट्रहरुको विषयमा भारतको आधिकारीक लाईन के हो भनि प्रश्न उठाएपछि सरकारले नीति सार्वजनिक गर्ने तयारी गरेको हो । आगामि शुक्रवारसम्म सार्वजनिक गर्ने गरी नेपाल नीतिको विषयमा छलफल भईरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री, विदेशमन्त्रीले संसदमै जवाफ दिने वा विदेश प्रवक्ता मार्फत सार्वजनिक गर्ने भन्ने विषयमा पनि छलफल जारी रहेको एक उच्च स्रोतले जानकारी दिएको छ ।
नेपालको संविधान लेखनको सवालमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रमा सेन्टरको उद्घाटनको क्रममा सहमतिमा संविधान बनाउन सुझाव दिएका थिए । पहिलो भ्रमण उनको विकासप्रति केन्द्रीत रहे पनि दोस्रो भ्रमण राजनीति तर्फ केन्द्रीत थियो । सत्तारुढ दलकै कति पय नेताहरुले हिन्दु राष्ट्र नेपालको पक्षमा धारणा सार्वजनिक गरेपछि उत्पन्न अन्यौलता चिर्न भारतले नेपाल नीति सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१