हातले नछोई चल्ने स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७१, सोमबार १५:५०

एजेन्सी,११ फागुन ।अब यस्तो स्मार्टफोन आइसकेको छ जसलाई चलाउनका लागि हातले छुन आवश्यक छैन । सेसेम नामको यो स्मार्टफोन विशेषरुपमा भिन्न प्रकारले सक्षम मानिसहरुका लागि बनाइएको हो । यो फोन यस्तो प्रविधियुक्त छ जसलाई हातले नछुँदा नै काम गर्ने गर्दछ ।

टाउकोको हलचलले गर्दछ कामः

यो फोनलाई इजरायलको कम्पनी सेसम अनेबलले बजारमा भित्र्याएको हो । सेसेम एन्ड्रोइड ओएसमा काम गर्ने स्मार्टफोन हो जसमा हेड ट्र्याकिङ प्रविधि अपनाइएको छ । यसै प्रविधिमार्फत यो स्मार्टफोन भिन्न प्रकारले सक्षम मानिसहरुको टाउको र पाखुराको इशारामा काम गर्ने गर्दछ ।sesame-phone4-1424677463फ्रन्ट क्यामराले गर्नेछ कामः

सेसम स्मार्टफोनमा एड्भान्स कम्प्युटर भिजन अल्गोरिदम प्रविधि दिइएको छ । यसका साथै यो फोनमा राखिएको फ्रन्ट क्यामराले टाउकोको व्यवहारलाई पहिचान गर्दछ जसको मद्दतले कर्सरलाई कन्ट्रोल गर्दछ र आदेश पनि दिनेछ ।

आइफोन सिक्स जत्तिको महँगोः

विशेष प्रविधिमा आधारित यो सेसम स्मार्टफोनको मूल्य १,००० डलर हो जुन एप्पल आइफोन सिक्स जत्तिकै हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१