नेपालमा स्वाइन फ्लुको जोखिम बढ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७१, सोमबार १४:४१

काठमाडों,११ फागुन । पछिल्लो समय नेपालमा फेला परेका स्वाईन फ्लुका विरामी भारतवाट आएको पुष्टी भएपनि नेपाल भारत सिमामा उच्च सर्तकता नअपनाएका कारण जोखिम बढेको छ । सरुवा रोग भएका कारण भारतमा ८ सय बढीको ज्यान लिइसकेको स्वाइन फ्लु नियन्त्रणका लागी सरकारले तत्काल प्रभावकारी रुपमा कदम चाल्न नसक्दा जोखिम बढ्न सक्ने चिकित्सकहरुको भनाई छ । स्वाइन फ्लु तिव्र रुपमा फैलिएपनि सरकारले आवश्यक औषधी समेत बितरण गर्न सकेको छैन ।
resize_imageभारतबाट आएका नेपालीमा यो रोगको संक्रमण पुष्टी भएपनि भारतसँसग सिमा जोडिएका कतिपय नाकाहरुमा उच्च सर्तकता अपनाइएको छैन । विराटनगरको रानीमा कुनै पनि सर्तकता अपनाईएको छैन् । दैनिक सयौ मानिसले आहोरदोहोर गर्ने सो नाकामा स्वाईन फ्लु भित्रिन नदिन सर्तकता अपनाउन सरकारी निकाय उदासिन देखिएको हो ।  मुलुकको बिभिन्न भागवाट राजधानी पठाईएका नमुना मध्ये पाँचजनामा स्वाईन फ्लु भएको पुष्टी भईसक्दा पनि सिमामा सतर्कता नअपनाईदा पुर्वी नेपालमा समेत यसको संक्रमण फैलन सक्ने खतरा बढेर गएको छ । कोसी अञ्चल अस्पतालका फिजिसियन डा.श्यामकुमार रौनियारका अनुसार छिटो सर्ने रोग भएकाले यसका लागि तत्कालै सर्तकता अपनाउनु जरुरी देखिएको छ ।  स्वाईन फ्लु संक्रमित ब्यक्ति भिडभाडमा गए वा उसको सम्पर्कमा जाने बितिकै यो रोग सर्ने सम्भावना बढी हुने भएकाले पुर्व सावधानी अपनाउनुपर्ने चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१