कप्तान पारसले भने- मलेसियामा खेल्नु घरेलु मैदान जस्तै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ बैशाख २०७१, बिहीबार ०७:१९

काठमाडौं,१८ वैशाख । नेपाली टोलीका कप्तान पारस खड्काले मलेसियामा खेल्नु घरेलु मैदान जस्तै भएको बताएका छन् । क्वालालम्पुरमा बिहीबारबाट सुरु हुने एसीसी प्रिमियर लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा कप्तान खड्काले भने-हाम्रो लागि मलेसिया घरेलु मैदान जस्तै हो ।’ एसीसीले पहिलो पटक राउण्ड रोविन लिगका आधारमा खेलाउन लागेको प्रिमियर लिगमा नेपालसँगै अफगानिस्तान, हङकङ, यूएई, मलेसिया र ओमान सहभागी छन् ।
नेपालले बिहीबार पहिलो खेलमा यूएईको सामना गर्नेछ । नेपाली समय अनुसार विहान पौनै आठ बजे सुरु हुने छ ।1908259_765539343470510_4095840421406545842_n
कप्तान पारसले आफूहरुको प्रयास पहिलो खेलबाट राम्रो गर्ने भएको बताए । ‘हामीले अहिले नयाँ खालको टिम लिएर आएका छौं । हामी सक्दो प्रयास गर्छौं’ उनले भनेका छन्-’ट्वान्टी ट्वान्टीमा राम्रो गरौं । अब हामीले नयाँ सोच लिएर अघि बढ्नुपर्छ ।’
प्रतियोगितामा सहभागी सबै टिम राम्रो तयारीका साथ आएको भन्दै उनले नेपालको प्रयास राम्रो क्रिकेट खेल्ने भएको बताए ।
टिममा केही नयाँ सदस्य रहेको भन्दै उनले त्यही अनुसार रणनीति बनाउने बताए । उनले भने-’ प्रदर्शनका कारणमा नयाा खेलाडीहरु टोलीमा आएका छन् । हामी पोजेटिभ छौं अगाडि बढ्नका लागि ।’ नेपाली टोलीको आपनिङ सुवास खकुरेल र नरेश बुढायरलाई गराउने सम्भावना छ । यद्यपि कप्तान पारसले बिहीबार मैदान हरेर मात्र निर्णय लिइने बताए ।
पछिल्लो पटक एकदिवसीय विश्वकप छनोटमा नेपाल यूएईसँग १ सय २ रनले पराजित भएको थियो । जुन प्रतियोगितामा सबै खेल गुमाएको नेपालको प्रदर्शन बिर्सनलायक थियो ।
यसअघि सन् २०१२ मा भएको एसीसी ट्रफीको समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो । तर, फाइनल बराबरी खेल्दै उपाधि बाँडेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१