विश्वकपमा इंल्याण्डको पहिलो जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७१, सोमबार १४:११

एजेन्सी,११ फागुन । विश्वकप क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ११९ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ। टस जितेर क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले मोइन अलीको शतकसँगै निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर ३०३ रन बनाएको थियो। ३०४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४२.२ ओभरमा अलआउट हुँदै १८४ रनमा समेटियो।

timthumbपहिलो विकेटका लागि इंल्याण्डका ओपनरद्वय अली र इयान बेलले १ सय ७२ रनको साझेदारी गरे। बेल ५४ रनमा आउट भए । मोइन अली १२८ रनमा पभेलियन फर्किए । १०७ बलको सामना गरेका उनले १२ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान ओइन मोर्गानले ४६ रन जोडे । जोस बट्लरले १४ बलमा २४ रन जोडे । स्कटल्याण्डका लागि जोस डेभीले ४ विकेट लिएका थिए।
विश्वकपको पहिलो खेलमा अस्ट्रेलियासँग १ सय ११ रनले पराजित भएको इङल्यान्ड शुत्रबार न्युजिल्यान्डसँग झन खराब प्रदर्शन गर्दै ८ विकेटको नतिजामा स्तव्ध भएको थियो।

खेलेका दुवै खेलमा लज्जास्पद हार व्याहोरेको स्कटल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो। स्कटल्यान्डले दिएको १ सय ४२ रनको विजयी लक्ष्य न्युजिल्यान्डले २५ ओभरमा भेट्टाए पनि ७ विकेट गुमाएको थियो। इङल्यान्ड र स्कटल्यान्ड २०१० र २०१४ मा गरी अहिलेसम्म २ पटक मात्र एक–आपसमा भिडेका छन्। दुवै खेलमा इङल्यान्ड विजयी भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१