एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार डा. पौडेललाई खड्काको समर्थन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७१, सोमबार १३:५२

अमेरिका,११ फागुन । एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष तथा अन्य पदहरुमा उम्मेदवारी दिने क्रम जारी छ । यसैक्रम मा एनआरएन, एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएका डा. केशव पौडेललाई समर्थन जुट्ने क्रम पनि जारी छ । एनआरएन, अमेरिकाका सहसचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएका शंकर खड्काले डा. पौडेललाई एनआरएन, अमेरिकाको अध्यक्ष निर्वाचित गरेर उहाँलाई काम गर्ने अवसर दिनुपर्छ भन्ने ठहर गर्दै डा. पौडेललाई सघाउने प्रतिवद्धताव्यक्त गर्नुभएको छ ।

cc042cडा. पौडेलको घोषणापत्र, कार्यशैली, इमान्दारिता, लगनशीलता, प्रतिवद्धता र समाजसेवामा उहाँले पुर्याउनु भएको योगदानलाई मध्यनजर राख्दा उहाँ आप्रवासी नेपालीहरुका लागि योग्य उम्मेदवार हुनुहुन्छ, खड्काले स्पष्ट पार्नुभएको छ । गत बर्षको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार हुँदा समझदारीमा आएर उहाँले पद त्याग गरेर उदारता देखाउनु भएको पनि खड्काले प्रष्टाउनुभएको छ । खोक्रा र गुलिया कुरामा विश्वास नगर्ने डा. पौडेल प्राज्ञिक, नम्र, भद्र र सालिन स्वभावको हुनुहन्छ, डा. खड्काले बताउनुभएको छ । सत्य तथ्यमा विश्वास गर्ने डा. पौडेल स्पष्ट लक्ष्य र योजनाका साथ अगाडि बढनु भएको उल्लेख गर्दै आफूले डा. पौडेललाई समर्थन गर्ने निधो गरेको खड्काले प्रष्ट पार्नुभएको छ ।

उहाँको अपिल जस्ताको त्यस्तैं
एन आर एन /एन सी सी यु यस ए अमेरिकाको अध्यक्ष तथा अन्य पदहरुमा उमेद्वारी दिने क्रम जारि छ। सबै उमेद्वारहरु आ -आफ्नो कार्यक्षेत्रमा दक्ष हुनुहुन्छ। खासगरी समाज सेवा गर्ने निस्वार्थ अभिलासा राखेर चुनाबी अभियानमा आउनु भएका यी समाजसेवीहरुको नियतमा शंका गर्नु आफैमा अपराध हो। तथापी सबै असलहरु मध्दे मैले कसलाई सघाउने त ? यहा मैले कसलाई सघाउने वा मेरो नजरमा को योग्य भन्ने कुरो महत्वपूर्ण नहुन सक्छ तर आप्राबासी नेपालीहरुका लागि को योग्य उमेद्वार हो त्यो महत्वपूर्ण कुरा हो। मेरो जचाईको कसीमा डा केसब पौड्याल यस पटकको अध्यक्षको लागि योग्यु हुनुहुन्छ र वहालाई यसपटक काम गर्ने अवसर दिनु पर्छ भन्ने मेरो ठम्याई छ। त्यसैले मैले डा केसब पौड्याललाई सघाउने निधो गरें।

किन डा.केशव पौंडेल नै ?
गत बर्सको चुनाबमा उपाध्यक्षको उमेदार हुँदा जसरि उहाले समझदारीमा आएर पद त्याग गर्ने उदारता देखाउनु भो,त्यसले मलाई प्रभावित गर्यो।उहाको घोषणा पत्र ,कार्यशैली ,ईमान्दारिता ,लगनशीलता ,प्रतिबद्धता र समाज सेवामा उहाले बिगतमा उर्याउनु भएको योगदानलाई जाचेर हेर्दा उहा आप्राबासी नेपालीहरुका लागि योग्य उमेद्वार हुनु हुन्छ। वहा प्राज्ञीक हुनुहुन्छ ,नम्र हुनुहुन्छ,भद्र हुनु हुनुहुन्छ,तडक भड्क छैन ,सालिन हुनु हुन्छ। खोक्रा र गुलिया कुरामा बिस्वास गर्नु हुन्न।सत्य र तथ्यमा बिस्वास गर्नु हुन्छ । वहाको स्पस्ट योजना छ ,लक्ष्य स्पट छ।नेपालको गाउले परिबेसबाट आएको एउटा नेपालि ठिटो जो अमेरिकाको प्रतिस्व्ठित अस्पतालको निर्देशक भएर काम गर्न योग्य ठहरिनु हुन्छ भने हाम्रा आफ्नै परिबेस र परिस्थितिले उब्ज्याएका समस्याहरुको समाधानका लागि वहा सारथि हुन निश्चित रुपमा सक्नु हुन्छ। त्यसैले मैले डा पौंडेललाई समर्थन गर्ने निधो गरेको हुँ।

शंकर खड्का
एन आर एन एन सी सी यु यस ए
सह-सचिब उमेद्वार
क्यालिफोर्निया
सम्पर्क -६५० ४६८ -४०४५

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१