पर्यटन पत्रकारहरु ‘पर्ख र हेर’को नीतिमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार २१:४४

काठमाडौं, १० फागुन । पर्यटन पत्रकारहरुले आफ्नो माग पूरा नभए आन्दोलनको आधिवेहरी ल्याउने चेतावनी दिएका छन् । समग्र पर्यटन पत्रकारहरुको छात्रा सञ्जाल नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)ले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिलाई पाँच बुदे लिखित ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो ।10986868_1552893388309448_1011527301266090279_o

मञ्चको जम्बो टोलीले आइतबार नेपाल पर्यटन बोर्ड सञ्चालक समितिलाई भेटेर सो ध्यानाकर्षण पत्र बुझाएको हो । मञ्चको लिखित मागपत्रमा नेपाल पर्यटन बोर्डले पर्यटन पत्रकारहरुसँग संस्थागत सहकार्य नगरेको भन्दै आगामी हरेक कार्यक्रमहरुमा संस्थागत सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

सो मागपत्रमा बोर्डको हरेक कार्यक्रमहरुमा टीजेएफ–नेपालसँग संस्थागत सहकार्य गर्नुपर्ने, पत्रकारसँग गर्नुपर्ने हरेक कामहरु टीजेएफ–नेपालसँगको सहमतिमा मात्रै गर्नुपर्ने, पत्रकारहरुको नाममा विनियोजित बजेट संस्थागत रुपमा खर्चनुपर्ने, स्वदेश तथा विदेशमा हुने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरुमा पत्रकारको सहभागिता गराउने सन्दर्भमा मञ्चको सिफारिसमा मात्रै पठाउने व्यवस्था गर्नुपर्ने तथा टीजेएफ–नेपालले स्थापना गरेको पर्यटन पत्रकारिता कल्याणकारी कोषलाई प्रभावकारी बनाउनको लागि बोर्डको तर्फबाट छुट्टै बजेटको व्यवस्था गर्नुपर्नेलगायतका माग समेटिएका छन् ।10959412_1552893608309426_7356725104797038186_n

मञ्चको ध्यानाकर्षण पत्र बुझ्दै बोर्ड सञ्चालक समिति सदस्य फुर्वाग्याल्जेन शेर्पाले पर्यटन प्रवद्र्धनमा पर्यटन पत्रकारहरुको भूमिका अतुलनीय रहेको बताउँदै बोर्डको आगामी हरेक गतिविधिमा पर्यटन पत्रकारहरुसँग संस्थागत रुपमा सहकार्य गर्नको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विगतमा बोर्डको कार्यक्रममा पत्रकारहरुसँगको सहकार्य व्यक्तिगत रुपमा हुने गरेको भन्दै आगामी दिनमा त्यसलाई ध्यानमा राखेर उचित संयन्त्रको विकास गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । संस्थागत सहकार्य भन्ने कुरालाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता भएको औल्याउँदै उहाँले पर्यटन पत्रकारितामा क्रियाशिल र चलायमान संस्थाको हिसाबले मञ्चसँगै सहकार्य गर्नुको विकल्प नरहेको पनि बताउनुभयो ।10993408_1552893544976099_6114008077359328451_n 10155303_1552894118309375_6881314242666400419_n

अर्का सदस्य घनेन्द्र श्रेष्ठले पर्यटन पत्रकारहरु पर्यटन प्रवद्र्धनको संवाहक भएको उल्लेख गर्दै बोर्डको कार्यक्रम पर्यटन पत्रकारमैत्री गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका निमित्त सिइओ नन्दिनी लाहे थापाले पर्यटन बोर्डले अहिलेसम्म पत्रकारहरुको लागि छुट्टै व्यवस्था गरिएपनि त्यसलाई सबैको मर्म र भावनाअनुरुप सञ्चालन गर्न नसकिएको भन्दै आगामी दिनमा त्यसलाई ध्यानमा राखेर कार्यक्रम तय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)का संयोजक डिबी लिम्बुले पर्यटन पत्रकारितविना देशको पर्यटन प्रवद्र्धन र विकास हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले जेटीसीसीले बोर्डमा संस्थागत प्रतिनिधित्व गराउनुपर्ने विषयलाई नै उठाएर आन्दोलन गरेको तर, सो कुरा अहिलेसम्म पूरा भइनसकेको बताउँदै त्यसको लागि बोर्ड गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
मागपत्र बुझाउँदै मञ्चका अध्यक्ष शिव अधिकारीले बोर्डले विगतमा भएका गल्तिकमजोरीहरु महसुस गर्दै आगामी कार्ययोजना तय गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले पर्यटन पत्रकारहरुको हकहित र अधिकार सुनिश्चित गर्न पहल गर्दा अनेक बाहानाबाजी गर्दै त्यसलाई निस्तेज पार्न खोजिए पर्यटन पत्रकारहरु आन्दोलित हुन बाध्य हुने चेतावनी दिनुभयो ।

मञ्चले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई पनि ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१