दक्षिण अफ्रिकालाई भारतले दियो ३ सय ८ रनको चुनौती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार १३:४६

मेलवर्न, १० फागुन । शिखर धवनको शानदार शतकविश्वकप क्रिकेट २०१५ अन्तर्गत आफ्नो दोस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई जितका लागि ३ सय ८ रनको चुनौती प्रस्तुत गरेको छ। मेलवर्नमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शानदार शतकको मद्दतले ७ विकेटको क्षतिमा ३ सय ७ रन बनाएको हो। धवनले १ सय ४६ बल खेल्दै १६ चौका र दुई छक्काको मद्दतले १ सय ३७ रन बनाए। विश्वकप क्रिकेटमा कुनै पनि खेलाडीले दक्षिण अफ्रिकाविरुद्ध बनाएको यो सर्वाधिक रन हो । यसअघि न्युजिल्यान्डका स्टेफन फ्लेमिङले दक्षिण अफ्रिकाविरुद्ध २००३ मा एक सय ३४ रन बनाएका थिए। धवन विश्वकप क्रिकेटमा दुई खेलमा लगातार ५० भन्दा बढी रन बनाउने तेस्रो भारतीय खेलाडीसमेत भएका छन्। भारतका सचिन तेन्दुल्कर र सौरभ गांगुलीले यसअघि विश्वकपमा लगातार ५० भन्दा बढी रन बनाएका थिए।

timthumbइनिङ्स सुरु गर्न धवनसँगै आएका रोहित शर्मा भने खाता नखोल्दै रनआउट भएका थिए। मात्र ९ रनको स्थितिमा पहिलो विकेट गुमाए पनि भारतीय इनिङ्सलाई धवन र विराट कोहिलीले सम्हालेका थिए। कोहिली दोस्रो विकेटका लागि १ सय २७ रनको साझेदारी गर्दै व्यक्तिगत ४६ रनको अवस्थामा आउट भए। त्यसपछि धवनले तेस्रो विकेटका लागि अजिन्का रहानेसँग १ सय २५ रनको साझेदारी गरेका थिए। आक्रामक ब्याटिङ गरेका रहानेले ६० बलमा सात चौका र तीन छक्काको मद्दतले ७९ रन बनाएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१