धेरै मोबाइलमा झुन्डिनेहरु होसियार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार १२:४५

काठमाडौं,१० फागुन । धेरै मोबाइल चलाउने बानीले बाटोमा हिँड्दा एक–अर्कासँग ठोकिने खतरा मात्र होइन, यसले हाम्रो घाँटी र गर्दनमा हानिकारक मात्रामा तौल सृजना गरी नकारत्मक असर पुर्याउने वैज्ञानिकहरुले बताएका छन् । सर्जिकल टेक्नोलोजी इन्टरनेसनलमा प्रकाशित एक जर्नलका अनुसार हामीले मोबाइलमा निहुरेर चलाउँदा हाम्रो गर्दनमा २७ केजी बराबर तौलको असर परिरहेको छ । निहुरेर मोबाइल चलाइराख्नु भनेको हाम्रो घाँटीमा २७ केजी तौल राखेर झुण्डाइरहनु बराबर रहेको वैज्ञानिकहरु बताउँछन् ।यस विषयमा अध्धयन गरेका मेरुदण्ड र हाडका सर्जन डाक्टर केनेथ हन्सराज भन्छन्, ‘अहिले स्मार्टफोनका कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झुण्डिने गरेका छन् । यसले उनीहरुको घाँटी र ढाडमा समस्या देखिने गरेका छन् ।’

mobile-internet ‘जता गयो त्यहीँ मानिसहरु निहुरेर मोबाइल चलाइरहेका हुन्छन् । विशेष गरेर यो बानी ‘महामारी’ जस्तै युवाहरुमा देखिएको छ,’ उनी भन्छन् । हामीले मोबाइल फोन चलाउँदा बनाउने घाँटीको कोणले त्यस भागमा अतिरिक्त भार पर्ने उनी बताउँछन् । हाम्रो टाउकोको औसत तौल ५ केजी रहे पनि मोबाइल चलाउँदा बनाइने ६० डिग्रीको कोणले २२ केजी थप भार थप्ने रातोपाटीमा समाचार छ । ‘यसरी हाम्रो गर्दनमा अतिरिक्त भार पर्नाले मासुहरु च्यातिने, हड्डी खिइने र अन्त्यमा अपरेसनसम्म गर्नुपर्ने स्थिति आउन सक्छन्,’ हन्सराज भन्छन् । यसबाट बच्नका लागि उनी सजिलो उपाय पनि सुझाउँछन् । ‘यसबाट आँखाकै लेभलमा मोबाइल ल्याउनुपर्दैन । लामो समयसम्म निहुरेर मोबाइल नचलाए पुग्छ ।’ त्यस्तै समय समयमा आफ्नो कुमले कान छुने व्यायाम वा टाउकालाई हातले ठेल्ने र गर्दनलाई ढाड भएकोतिर लाने व्यायाम गर्न उनी सुझाव दिन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१