२४औं महाधिवेशनमा चार वटा वामपन्थी दल निकट पत्रकारहरुबीच गठबन्धन हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ बैशाख २०७१, बिहीबार ०६:५६

काठमाडौं, १८ वैशाख । नेपाल पत्रकार महासंघको आगामी २४औं महाधिवेशनमा चार वटा वामपन्थी दल निकट पत्रकारहरुबीच गठबन्धन हुने भएको छ । एमाले निकट प्रेस चौतारी नेपाल, एकीकृत माओवादी निकट क्रान्तिकारी पत्रकार संघ, नेकपा–माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघले आज गठबन्धन घोषणा गरेका हुन् ।patrakar21

जसअनुृसार अध्यक्षमा डा.महेन्द्र विष्ट, उपाध्यक्षमा खिलबहादुर भण्डारी, समावेशी उपाध्यक्षमा महेश दास, महासचिवमा उजिर मगर, खुलातर्पmको सचिवमा प्रभात चलाउने, महिला सचिवमा संगीता खड्का, समावेशी सचिवमा धर्मेन्द्र कर्ण र कोषाध्यक्षमा सूर्यमणि गौतम रहेका छन् ।

आगामी २० गतेदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनमा चार वामपन्थी पत्रकारहरुको गठबन्धनसँग कांग्रेस निकट नेपाल प्रेस युनियनले एक्लै प्रतिष्पर्धा गर्ने अवस्था आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१