सात लाख अमेरिकी डलरमा बिक्यो मोदीको सुट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार १०:३०

अहमदाबाद,१० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका गृहराज्यका एक हिरा व्यापारीले शुक्रबार उनको नाम मसिनो धर्कोको रुपमा छापिएको ‘सुट’ परोपकार कार्यका लागि दान दिने उद्देश्यले आयोजना गरिएको लिलाम बढाबढमा सात लाख अमेरिकी डलरमा किन्ने अन्तिम बोल लगाएका छन् । प्रधानमन्त्री मोदीले उक्त सुट अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटमा लगाएका थिए। एउटै मात्र तयार गरिएको उक्त ऊनको ‘सुट’मा नरेन्द्र दामोदरदास मोदी भन्ने शब्द छापिएका छन् । तीन दिने लिलाम बढाबढमा यो ‘सुट’ सबैभन्दा चर्चाको विषय बनेको थियो । यसैले यसलाई खरिद गर्न होडबाजी चलेको थियो भने चार करोड ३१ लाख भारतीय रुपैयाँ अर्थात छ लाख ९२ हजार अमेरिकी डलरमा यसलाई बिक्री गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री मोदीको गृहराज्यको सुरत नगरमा यस ‘सुट’ का साथमा अन्य ४५० भन्दा बढी सामग्री राखिएका थिए ।

nepal_news150220081942_modi_suit_624x351_bbcप्रधानमन्त्री मोदीले कहिलेकाँही फेसन डिजाइनरले तयार गरेको पोसाक लगाउँछन र उनी फेसन चिन्हको रुपमा पनि परिचित छन । प्रधानमन्त्री मोदीले आफ्नै नाम लेखिएको सुट लगाउँनुलाई भने भिन्न रुपमा लिइएको छ । यसका कारण उनमा अहङ्कार बढेको आरोप लगाइएको छ । सम्भवत प्रधानमन्त्री मोदीले यसै कारण पनि यो ‘सुट’ बिक्री गर्ने निर्णय गरेका थिए । यस लिलाम बढाबढबाट उठेको रकम गङ्गा नदी सफा गर्न प्रयोग गरिनेछ । यो परियोजना पनि हिन्दु राष्ट्रवादी प्रधानमन्त्री मोदीले तयार गरेका हुन। धर्मानन्दन हिरा कम्पनीका मालिक लालजी पटेलले उक्त ‘सुट’ का लागि अन्तिम बोल लगाए। उनले आफूले मुलुकलाई केही गर्न चाहेको बताए । उनले आफूले ‘सुट’ खरिद गर्न चाहेको बताउँदै यो रकम धार्मिक नदीको सफाइमा खर्च हुन्छ भन्ने थाहा पाउँदा आफूलाई खुसी लागेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१