सिमिकोट विमानस्थलमा तारा र सीता एअरको विमान ठोक्किए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार १०:११

हुम्ला, १० फागुन। हुम्लाको सिमिकोट विमानस्थलमा दुई जहाज एकापसमा ठोक्किएका छन् । तारा एअरको जहाजले रोकिइरहेको सीता एअरको जहाजलाई ठक्कर दिएको हो ।

विमानस्थलको धावनमार्गमा उडान भर्नेक्रममा सीता एअर र तारा एअरको ट्विनेटर जहाज एकापसमा ठोक्किँदा सीता एयरको दाँहिने पखेटामा समान्य क्षति पुगेको छ ।

timthumb‘नाइन ए एच आर’को तारा एअरले शनिबार बिहान ८ बजे पार्किङमा रहेको ‘नाइन एन ए वी एम’को सीता एअरलाई ठक्कर दिएको हुम्ला विमानस्थलले जनाएको छ । दुई विमान एकापसमा ठोक्किएपनि मानवीय क्षति भने भएको छैन ।

एअरपोर्टको पहेलो रंगको लाइनमा आफू प्रवेश गर्दा–गदै पनि विमानको पखेंटा सीता एअरको पखेंटामा ठोक्किँदा क्षति भएको तारा एअरका क्याप्टेन रोशन मानन्धरले बताएका छन् ।

तारा एअरको विमानमा क्षति भएको नदेखिएपनि घटनाको छानबिन र क्षतिको विवरण एकीन गर्न सिविलाइजेसनबाट विज्ञहरु आएपछि मात्र घटनाको अवस्था विश्लेषण गरिने विमानस्थलले जनाएको छ । दुर्घटनापछि दुवै विमान ग्राउन्डेड भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१