क्यान महासंघमा न्यौपानेको चुनावी प्यानल घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७१, आईतवार ०५:५८

आइसिटी विशेष रिपोर्ट
मोहन खतिवडा – काठमाडौँ
सूचना प्रविधि तथा कम्प्युटर क्षेत्रको छाता संस्था क्यान महासंघको चुनाव नजिकिदै जादा नारायण न्यापानेको अध्यक्षतामा ३१ सदस्यीय प्यानल घोषणा भएको छ । महासंघको प्रक्रियामा मान्यता पाएको क्यान महासंघको तदर्थ समितिको ३ महिनाभित्र कार्यकारी समिति चयनका लागि चुनावी सभा गरिसक्नुपर्ने प्रावधान बिधानमा रहेको छ । 11006421_874630855920306_6154714985712293920_nसोही प्रक्रियाअनुरुप क्यानको वर्तमान कार्यसमितिले यसको प्रक्रिया अवलम्वन गर्नुपर्ने थियो तर अहिलेको नेतृत्वको केही व्यक्तिले क्यान महासंघलाई आफ्नो व्यक्तिगत निणर्यमा  आइटी र आइसिटी क्षेत्रको विकासमा बाधा व्यवधान खडा गरेको सर्वत्र गुनासो बढ्दै जादा क्यान महासंघका वर्तमान कार्यसमितिका द्धितिय उपााध्यक्ष नारायण न्यौपानेल काठमाडौंमा एक कार्यक्रममार्फत आफ्नो प्यानल घोषणा गरेका हुन् । विगत १० वर्षदेखि कम्प्युटर एसोसियसन अफ नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष तवरबाट योगदान पु¥याउदै आइसिटी क्षेत्रमा लागेकाहरुको पहिचान खोज्ने काम गरियो, आफ्नो बिचारधारामा सहमत नहुनेहरुलाई चुनावी प्रक्रियाबाटै अलग गराउने काम भयो, कुनै पनि संस्था तथा कम्पनीमा कर्मचारी नियुक्तिका लागि गरिने प्रक्रिया सदस्यहरुमाथि लागू गरियो । आफ्नो अनुकूलको चुनाव कमिटि गठन गर्ने काम अहिलेको नेतृत्व पंक्तिले ग¥यो । आइसिटी क्षेत्रमा २२ वर्षको क्यानको उपलब्धिलाई व्यक्तिगत प्रयोजनका लागि क्रेडिट लिने प्रयास भयो । क्षेत्रगत र जिल्लाका आइसिटीमा १ दशकदेखि लागि परेका क्यानका प्रत्यक्ष सदस्यहरुको अधिकार खोस्ने काम भयो । यी सबै कुराहरुलाई मैले टुलुटुल हेरेर बस्न उचित देखिन, पदको भन्दा पनि अधिकार र बिचारधाराको कदर गर्दै आइसिटीमा सबैलाई गोलबन्द गर्न मैले नेतृत्वको लागि अगाडी बढ्नुपर्ने आवश्यकता देखे र साथीहरुको सल्लाह र सुझावअनुसार नै यो चुनावी घोषणा गर्ने सहास मैले सदस्य साथीहरुको सहयोगबाट गरे, न्यौपानेले भने । पद र कुर्सीको भन्दा पनि सदस्य साथीहरुको अधिकारको लागि मैले बिचारधारा र समग्र आइसिटी क्षेत्रको क्यानको उपलब्धिलाई बिस्तार एवं संस्थागत गर्न नेतृत्वका लागि अगाडी बढेको कुरा सबैलाई स्पष्ट पार्न चाहन्छु न्यौपानेले बताए ।  11000662_874630805920311_2209535252966355587_n
चुनावी घोषणा कार्यक्रममा क्यानका संस्थापक तथा अग्रज सिएन उपाध्याय, क्यानको पूर्व अध्यक्ष विप्लवमान सिंह, पूर्व विज्ञान तथा प्रविधि मन्त्री ई.गणेश शाहको उपस्थिती रहेको थियो । पूर्व मन्त्री गणेश शाहले हरेक संघ संस्था, संगठन र राजनीति पार्टीहरुमा समेत निस्तेजको चहलखेल हुने भएकोले सदस्यहरु बिधानअनुरुप आफ्नो अधिकारका लागि द¥हो हुनुपर्ने बताए । आइटी क्षेत्रमा राजनीतिक हुन नहुने भनिए पनि यसमा पनि कुनै कुनै बिचारधारा र पार्टीमा आस्था रहेकाहरु हुने भएकोले चुनावी प्रक्रियामा यसको रंग देखिएको हुन सक्ने शाहले बताए । 11051_874630609253664_4617388604789626382_nतर यसो भन्दैमा सदस्यहरुको चुनावी अधिकारलाई एक व्यक्तिले खोस्न खोज्छ भने त्योभन्दा दुर्गती उसको लागि के हुन सक्ला र शाहले भने । एउटा व्यक्ति होइन, संस्था होइन यहाँ त दर्जनौ व्यक्ति र संस्थाको कागजपत्र प्रमाणित गर्ने काम क्यान महासंघमा रुपान्तरण भइसकेको त्यसमा पनि साधारण सभाले म्याण्डेट दिएको एक व्यक्तिको निर्देशनमा हुदैछ यो आइटी क्षेत्रमा क्यानले हासिल गरेको २२ वर्षको उपलब्धिलाई समाप्त गर्नु खोजिदैछ र सदस्यहरुको मतबाट नेतृत्वमा पुग्ने अनि उनीहरुको मतलाई कदर नगर्ने प्रबृत्ति कहाँको प्रजातान्त्रिक परीपाटी हो क्यानका पूर्व अध्यक्ष विप्लवमान सिंहले भने । हुन त क्यानका पूर्व अध्यक्षको हैसियतले क्यानमाथि यस्तो प्रश्न गर्नु सान्दर्भिक नहोला तर २२ वर्ष लामो सूचना प्रविधिको उपलब्धिलाई संस्थागत गर्न कुनै एक व्यक्तिले आफ्नो पदीय दुरुपयोग गर्न खोज्दछ भने त्यसबाट संस्थाको पहिचानलाई बचाउन हामीहरु सार्वजनिक रुपमा नउत्रे अबको क्यानको हैसियत के होला ? यो कुरा बिचारणीय छ यसै कुरालाई मनन गरेर नारायण न्यौपानेको सहासलाई समर्थनका लागि मैले खुलेर अगाडी आउनुपरेको पनि स्पष्ट पार्न चाहन्छु सिंहले भने ।
अछाम, मकवानपुर, मोरङ जिल्लाहरुप्रतिको अहिलेको नेतृत्व व्यवहार भनी उस्तै अभद्र छ । दुई हजार बिद्यार्थीहरु आबद्ध आइटीएस संस्थाप्रतिको व्यवहार त वर्णन गरेरै साध्य छैन । सन् २००२ देखि क्यानको इभेन्ट कार्यक्रमहरुमा स्वंसेवक सेवा प्रदान गर्दै आएको आइटीएस संस्थालाई उल्टै विवादित छ, निर्वाचन प्रक्रियामा भाग लिन्नै भन्नुहोस् समस्या समाधान हुन्छ भन्ने मेसेज अहिलेको नेतृत्व दिन्छ । अनि उल्टै मंसीर १५ सम्मको सदस्यहरुको विवरण निर्वाचन प्रक्रियाका लागि क्यानको सचीवालयले एक व्यक्तिको निर्देशनमा पठाउँछ तर २०१५ को इन्फोटेक माघ ४ देखि १९ सम्म स्वयंसेवककका काम गरेकालाई किन आइटीएसको सदस्य बनाइएन भन्दै स्वंयसेवकबाटै विवाद सिर्जना गराउछ अहिलेको नृतृत्वले विनोद ढकालले । २ हजार सदस्य भएको आइटीएस संस्थाको चारसय सदस्यको विवरण क्यान महासंघले तोकिएको समयमै क्यान महासंघको सचीवालयमा पेश गर्दा पनि प्रमाणित अझै गरेको छैन, आइटीएसका अध्यक्ष चन्द्र विलास भुर्तेलले बताए ।
क्यानका संस्थापक सीएन उपााध्याय भन्नुहुन्छ क्यानभित्र पछिल्लो समय किन निस्तेजको राजनीति भयो योप्रति सम्पूर्ण आइसिटीप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको छ, कम्प्युटर पेशा, व्यवसाय र समग्र आइसिटी क्षेत्रमा लागेकाहरुलाई क्यानको छाताभित्र ल्याई सदस्यहरुको हकअधिकार र आइसिटी नीतिको लागि सरोकारवाला निकायसम्म पुग्दै, क्यानको छवि अन्तराष्ट्रियस्तरमा पु¥याउने म्याण्डेड क्यानको कार्यसमितिलाई क्यानका सदस्यहरुले दिएका हुन् तर यहाँ किन फरक बिचार राख्नेप्रति मनोगत तवरले सदस्यका हक अधिकार खोस्ने काम हुन्छ । त्यसमा पनि इन्फोटेक र सफ्टेकलाई मात्र क्यानको संस्कृति ठान्ने सोचको विकास भएको छ र इन्फोटेकको आम्दानीलाई ब्याडडेप्टमा वासलात तयार गरि खाने बाटो बनाउनेको त कुरौ छोडौं बाटो नै समाप्त गर्ने प्रबत्तिको हावी किन हुदैछ ? यसको वास्तविकता खोज्ने अधिकार सदस्यको छैन र ? भएका कमी कमजोरीलाई सल्लाह सुझावबाटै हल गर्नुको साटो पेलेरै जाने तानाशाही शैली किन हुदैछ यसप्रति गम्भीर हुनुपर्नेबेला आएको छ । यसप्रति नारायण न्यापानेको सही एजेण्डालाई सबैले साथ दिनुपर्ने बेला आएको उपाध्यायले बताए ।
चेतप्रसाद भट्टराई अर्थात सीपी भट्टराईले भन्छन् संस्थापनकालदेखि बिभिन्न समितिहरुमा रहेर काम गरे तर क्यानले मेरो लगत नै राख्न उपयुक्त ठानेन कनि ? की क्यान महासंघमा फरक मतकालाई समेटेर हाम्रो बिरोधमा उत्रन्छ भन्ने डर छ अहिलेको नेतृत्व टीमलाई ? होइन भने क्यान इन्फोटेक २०१५ को अन्तिम दिनसम्म क्यानकै संस्थागत हितका लागि काम गरे तर क्यान महासंघको चुनावी प्रक्रियाको लागि २ दशकदेखिको मेरो सक्रियता निष्क्रियता अहिलेको कार्यसमितिको नेतृत्वले गर्दैछ खबरदार यस्तो हो भने अहिलेको नेतृत्व तहको कुर्कतको भण्डाफोर गर्ने नेतृत्व म आफै गर्न तयार छ । म त स्पष्ट बोल्छु समाजमा बोल्छु, लुकीछिपी केहीगर्न जान्दिन । यदि बेलैमा कमी कमजोरी सुधारेर आइसिटी क्षेत्रमा काम गर्ने सबैलाई समेटेर लाने काम अहिलेको नेतृत्वले गर्दैन भने आफ्नै शैली र प्रबृत्ति पछि अभिशाप बन्नेछ र फेरि गंगाजल त के अमृतले पखाले पनि आइटी क्षेत्रमा उ निस्कलंक बन्ने सक्नेछैन । एकपटक फेरि चेतना भए क्यान महासंघको सबै प्रक्रिया र नीति चुनाव अगाडी नै लागू गर्छु भन्ने मुर्खता नगरे हुन्छ, चेतप्रसाद भट्टराईले भने ।
३ वर्ष भयो आइसिटी पत्रकार विकास मञ्चले क्यानको विषयगत सदस्यता पाएको तर अहिलेको सूचना प्रविधिको वकालत गर्ने विनोद ढकालको नेतृत्वले मेलबाट गरिएका कुरा आधिाकरिक हुदैन भन्छ अनि क्यान इन्फोटेक २०१५ को अवसरमा क्यानकै सपोर्टमा प्रकाशन गरेको आइसिटी इन्फो पत्रिकाको विमोचनका लागि समेत वेवास्ता ग¥यो । मिडियाका लागि लाखौं खर्चन सक्ने ढकाललाई नेतृत्वलाई २ हजारप्रति पास पत्रिका प्रमोसनका लागि छाप्ने निर्णय गर्न अमेरिकाको ह्वाइट हाउस सम्मेलन गर्नुजस्तै भयो । अनि खाली आइटीमा इनोभेटिम सिर्जनाका कुरा मात्र गर्ने । संस्थाबाटै सम्मान लिएका ढकालका लागि उनको बोलीमा लोली नमिल्दा आइसिटी पत्रकार विकास मञ्चले प्रकाशन गरेको आइसिटी पत्रिका उनकै शब्दमा झारे पत्रिका भयो । त्योभन्दा बढी आक्रोश ढकालले आइसिटी पत्रकार विकास मञ्चको सदस्यताको प्रमाणिात गर्ने अधिकार आफूमा केन्द्रित गरे । फरक मत राखेकै कारण संस्थाका अध्यक्ष र महासचीवसँग कुनै पनि विषयमा छलफल नै गर्न नसकिने जानकारी एक सदस्यमार्फत र आइसिटीका अध्यक्षसँगै टेलिफोनमा स्पष्टै बताए । यी सबै हर्कत देखाएर आइटीमा ५७ जिल्लाको नाम आइटीमा लागेका संस्थापक, अग्रज र विज्ञहरुलाई पाखा लगाउदै आफुले भनेको कुरामा बुझ्दै नबुझी होमा हो लगाउनेहरुको झुण्ड लिएर क्यान महासंघ बनाए अब क्यान महासंघलाई संस्थागत प्रक्रियामा लाने क्रेडिट किन खोज्दैछने ढकाल, सम्पूर्ण आइसिटीप्रेमी एकपटमक गम्भीर हुनु जरुरी छ, पत्रकार विकास मञ्चका महासचीव मुकुन्द ढुंगानाले भने । विषयत सदस्य रहेको मिडिया संस्थामाथि यस्तो व्यवहार नसच्चिए ठैलो मुल्य चुकाउनुपर्नेतर्फ ढुंगानाले सचेत गराउदै अहिलेको ढकाल नेतृत्वलाई बेलैमा सच्चिन अनुरोध समेत गरे ।
आइटीमा पनि राजनीति हुन्छ भन्दा सबैलाई अनौठो लाग्ला तर क्यान महासंघको चुनावी प्रक्रियामा यस्तै भएको छ । यो कमजोरी कसले ग¥यो सबैलाई स्पष्टै थाहा भइसक्यो । अहिलेको नेतृत्वका केही सीमित व्यक्तिले क्यान महासंघलाई प्रा.लि. मा सञ्चालन गर्न खोजरहेका छन् क्यान बर्दियाका प्रतिनिधि टण्डनले बताए । हामीले जिल्लाबाट क्यानलाई महासंघमा लैजान व्यक्तिगत र जिल्लागत स्वार्थबाट माथि उठेर काम ग¥यौ तर अहिलेको नेतृत्वले महासंघलाई अगाडी बढाउने कुरामा हामीले महासंघकै हितमा लागि फरक बिचार राखेका कारण वाइपास गर्न खोजियो । हामीले अहिलेको विनोद ढकालकको नेतृत्वले पठाएको रातीको ८ बजे पठाएको मेललाई आधिकारिक मान्नुपर्ने रे अनि हामीले महासंघको चुनावी प्रक्रियाका लागि समयसीमा अगावै पठाएको मेल डकुमेन्ट र कुरियर सर्भिसको प्रतिलिपी प्रमाण चाहि मान्य नहुने र यो कस्तो नियम ? यो त एकल मनोगत निर्णय भएन र ? फेरि क्यान महासंघको सचीवालयमा क्यान बर्दियाको जिल्लागत सदस्यहरुको प्रमाणित कागजात समयमै पुग्दा पनि नआइपुगेको जानकारी हामीलाई पठाइन्छ र महासंघको चुनावी प्रक्रियामा क्यान बर्दियाबाट पर्यवेक्षकको रुपमा प्रतिनिधि पठाउन दबाब पो आउँछ ? यो त आइटीमा चरम राजनीतिक भएन र ?
हामी त हाम्रो अधिकारका लागि क्यान महासंघमा ज्ञापन पत्र दिन र हाम्रो उचित मागको सम्बोधन नभए कानूनी प्रक्रियामा जाने सोचमा काठमाडौंमा एक दर्जन जिल्लाका साथीहरु भेला भएका थियौं । यसै अवसरमा क्यान महासंघको नारायण न्यौपानेको चुनावी प्यानल घोषणा कार्यक्रमको जानकारीले हाम्रा जिल्लाका वास्तविक कुरालाई राख्ने प्लेटफर्म पायौं । न्यौपानेको यो चुनावी प्यानल घोषणाले क्यानको वर्तमान नेतृत्वले कतिसम्म एकलौटी नीति लादेको रहेछ भन्ने कुरा छर्लङ्गै भएको छ । हामी यो प्यानल र त्यो प्यानल भन्दा पनि सबैलाई क्यान महासंघको छाताभित्र अट्ने प्लेटफर्म बनाउनुपर्छ भन्ने पक्षमा छौं र सबै मिलेर सही माग र क्यानको सदस्यहरुलाई समान व्यवहार गरिनुपर्दछ भन्नेमा केन्द्रित छौं तर यहा फरक मत राखेकै कारण दर्जनौ आइीसटी स्टेकहोल्डरहरुलाई वाइपास गरिन खोजदैछ । संस्थापन कालदेखि २२ वर्षसम्मका क्यानको सूचना प्रविधि यात्रामा होमिएका चेतप्रसाद भट्टराईको लगत छैन भन्छ अहिलेको क्यानको नेतृत्व ? विषयगत संस्थाहरु आइसिटी पत्रकार मञ्च, आइटीएस नेपाल सिआइआरसी नेपालको सदस्यहरुको प्रमाण खोजेर उनीहरुलाई समेत क्यान महासंघको चुनावी प्रक्रियाबाट अलग्याउन खोज्दैछ विनोद ढकालको नेतृत्व । अब विनोद ढकालको नेर्ततवले भनिदिनुप¥यो आधिकारिक पत्रमार्फत तिमीहरुको सदस्यता यो यो कारणले खारेज गरियो अथवा क्यानको सदस्य नै होइनौ भनेर नत्र सदस्यको चुनावी अधिकार निस्तेज गर्ने निर्देशन विनोद ढकाललाई कसले दियो ? सबैले भनिदिनुहोस् विनोद ढकाल यत्तिकै क्यानको अध्यक्ष भएको हो त ? अबको आइसिटी मिडिया अभियान यसतर्फ केन्द्रित रहनेछ । हाम्रो अभियान व्यक्ति र संस्थाप्रति होइन, व्यक्तिको व्यवहार प्रबृत्तिमाथि हो । आइसिटी क्षेत्रमा २० वर्षदेखिको क्यानको उपलब्धिलाई क्यान महासंघमा संस्थागत विकासका लागि हाम्रो पनि दायित्व उत्तिकै छ । यो कुरा अहिलेको नेतृत्वलाई चेतना भया ।15627_874630722586986_5091430769402785553_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१