मनाङलाई हराउँदै आर्मी फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७१, शुक्रबार १२:०१

विराटनगर, ८ फाल्गुन । नेपाल आर्मी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिहीबार प्रवेश गरेको छ। सहिद मैदानमा उसले मनाङ मस्र्याङ्दी क्लबको चुनौती टाइब्रेकरमा ४-२ ले पन्छाउँदै उपाधि नजिक पुगेको हो। उपाधिका लागि आर्मीले शनिबार झापा-११ को सामना गर्नेछ।

झापा जगदम्बा लुम्बिनीलाई २-१ ले निराश पार्दै उपाधि होडमा पुगेको थियो। निर्धारित समयको पाँचौं मिनेटमा मनाङले १-० को अग्रता लिए पनि आर्मीले ७५ औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो। निर्धारित र अतिरिक्त समयमा दुवैतर्फबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

birat-goldcup_20150220090313टाइब्रेकरमा मनाङको पहिलो प्रहार नै आर्मीका गोलरक्षक विकेश कुथुले विफल बनाए। कप्तान तथा राष्ट्रिय टिमका स्ट्राइकर अनिल गुरुङको प्रहारलाई कुथुले उत्कृष्ट बचाउ गरे। त्यसैगरी मनाङका विशाल राईको प्रहारले पनि पोस्टको दिशा नलिंदा उसको फाइनल यात्रामा पूर्णविराम लागेको थियो। राईको प्रहारलाई पनि गोलरक्षक कुथुले पञ्च गरे। उसका रूपेक केसी र शिव श्रेष्ठको प्रहारमात्र गोलमा परिणत भयो।

आर्मीका लागि जितेन्द्र कार्की, हिरण्य मगर, नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहारले जाली चुम्दा सन्तोष तामाङको प्रहार पोस्टमाथिबाट बाहिरियो। मनाङले डोडोजको गोलबाट अग्रता लिएको थियो। उनले आर्मीका डिफेन्स युद्ध शाहीले अफसा ट्रयाप गरेर खेलेको स्थितिमा अनिल गुरुङको पासलाई सदुपयोग गरेका थिए। आर्मीका नवयुग

श्रेष्ठले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। ‘म्यान अफ द म्याच’ श्रेष्ठले हिरण्य मगरको पासलाई खेर जान दिएनन्। ‘मनाङ जस्तो सशक्त टिमलाई हराउनु त्यति सहज थिएन,’ जितपछि आर्मीका प्रशिक्षक मेघराज केसीले भने, ‘टिमको उत्कृष्ट प्रर्दशन नै जितको आधार हो।’ राष्ट्रिय लिग जितेयता मनाङले कुनै पनि प्रतियोगिता जित्न सकेको

छैन। टिमले राम्रो खेलेर पनि हार बेहोर्नुपरेको मनाङका प्रशिक्षक राजुकाजी शाक्यको भनाइ थियो। ‘लगातारको खेलले खेलाडी थाकेका पनि थिए,’ शाक्यले भने, ‘बिहीबार आर्मीको अगाडि खेलाडीको स्टामिना पनि कमजोर देखियो।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१