अवैध ट्युसन सेन्टर छ्याप्छ्याप्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७१, शुक्रबार ११:५२

कैलाली,८ फागुन । धनगढी, अत्तरिया, चुवालम्की, टीकापुर, चिसापानी, सुखड, मसुरिया, चौमाला क्षेत्रमा अवैध ट्युसन सेन्टर खुल्ने क्रम बढ्दै गएको छ । त्यस्ता ट्युसन सेन्टरका बारेमा नियमन निकाय बेखबर बन्न पुगेको छ ।

ट्युसन सेन्टर सञ्चालन गर्न अनुमति लिनै पर्ने प्रावधान भए पनि यसरी खुलेका सेन्टरहरुमा विद्यालय तहदेखि स्नातकोत्तर तहसम्मका विषय निर्वाध रुपमा पठनपाठन हुँदै आएका छन् ।
Elite-classesजिल्लाभरिमा यस्ता सेन्टर १७५ वटा खुलेको बताइन्छ । जबकी जिल्ला भरिमा एउटामात्र सेन्टरले हालसम्म जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएको छ ।
जिल्लाका पढे लेखेका केही व्यक्तिहरुले यस्ता सेन्टर खोलेर कमाउ धन्धा सुरु गरेका छन् भने नियमन निकाय बेखबर बनिदिँदा सेन्टरका सञ्चालकहरुलाई हाइसन्चो नै बन्नपुगेको छ । त्यस्ता सेन्टरमा अध्यापन गर्नेहरुको स्तरका बारेमा पनि कही कसैले खोजबिन गर्ने गरेको पाइँदैन ।
जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले सेन्टर अनुमति लिएर सञ्चालन गर्नुपर्ने बताउँदै अनुमति नलिएकाहरुलाई बन्द गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१