युरोजनका अर्थमन्त्रीको बैठक ब्रसेल्समा बस्दै,ग्रिसको आर्थिक संकट मुख्य एजेण्डा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७१, शुक्रबार ११:१६

एजेन्सी,८ फागुन । आफ्नो मुलुकले पाउदै आएको आर्थिक सहयोग कार्यक्रमको समयसिमा बढाउन ग्रिसले गरेको आग्रहबारे छलफल गर्न युरोजोन आवद्ध मुलुकका अर्थमन्त्रीहरुको बैठक आज बस्दैछ । आर्थिक संकट झेलिरेको ग्रिसले गत मंगलबार आफूले पाउदै आएको आर्थिक सहायता प्याकेजको समयसिमा ६ महिना थप गर्न आग्रह गरेको थियो । ग्रिसको ऋण कार्यक्रमबारे ब्रसेल्समा हुन लागेको यो तेस्रो बैठक हो ।

resize_imageयुरोपियन कमिसनले ग्रिसको आग्रह सकारात्मक भएको प्रतिक्रिया दिएपनि जर्मनीले भने अस्वीकार गरेको छ । जर्मनीको अर्थमन्त्रालयका प्रवक्ताले ग्रिसको आग्रह समस्या समाधानका लागि पर्याप्त नभएको बताएका थिए । यद्यपी लगत्तै ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रसले जर्मन चान्सलर एङ्गेला मर्केलसंग गरेको टेलिफोन वार्ता सकारात्मक रहेको अधिकारीहरुले बताएका छन् । युरोपियन मुलुकले आर्थिक सहायता कार्यक्रमलाई निरन्तरता नदिए चालु महिनाको अन्त्यसम्ममा ग्रिस संकटमा पर्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१