५ जना आरोहीलाई सम्पर्क अधिकृतको लागि सिफारिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७१, शुक्रबार १०:५८

काठमाडौं,८ फागुन । सम्झौता अनुसार सम्पर्क अधिकृतको संख्या घटाउने निर्णय पर्यटन विभाग निर्णयले सच्याएको छ । यसअघिको सम्झौता अनुसार सम्पर्क अधिकृत नदिए सगरमाथा आरोही संघले आन्दोलन गर्ने चेतावनी दिएपछि विभागले निर्णय सच्याएको हो । यस अघि संघसँग ५ जना आरोहीलाई सम्पर्क अधिकृत पठाउने निर्णय भएपनि विभागले ३ जनालाई मात्रै संघको सिफारिसमा सम्पर्क अधिकृत तोक्ने निर्णय गरेको थियो । विभागको चं.नं. २०१३ मिति २०७१ माघ ८ गते परिपत्र मार्फत नेपाल पर्वतारोहण संघलाई सम्पर्क अधिकृतको लागि पत्रचार गरेको थियो ।

sagarmathaसगरमाथा आरोही संघलाई पत्रचार गर्नुपर्ने भएपनि विभागले एनएमएलाई पत्रचार गरेको थियो । सम्पर्क अधिकृतको सिफारिस गर्ने जिम्मेवारी सगरमाथा आरोही संघको भएपनि सम्झौता विपरित पर्वतारोहण संघलाई पत्रचार गरेको र सम्पर्क अधिकृतको संख्या पनि घटाएको भन्दै सगरमाथा आरोही संघले आन्दोलन गर्ने चेतावनी दिएका थिए । चेतावनी पछि विभागको २०७१ फाल्गुण ६ गतेको निर्णयले ५ जना आरोहीलाई नै सम्पर्क अधिकृतको लागि सिफारिस गरी नामवली पठाउन भन्दै निर्णय सच्याएको सगरमाथा आरोही संघका अध्यक्ष वाङछु शेर्पाले बताए ।

विभागको मिति ०७१ फाल्गुन ६ गतेको चं.नं. २३२५ को पत्रले पुनः पहिलाकै सम्झौता अनुसार ५ जना आरोहीलाई नै सिफारिस गरी पठाउन पत्रचार छ । विभागले ७ दिन भित्र ५ जना आरोहीलाई सम्पर्क अधिकृतका लागि नामसिफारिस गरेर पठाउने जिम्मेवारी पुनः आरोही संघले नै पाएको छ । निर्णय सच्याएपछि आरोही संघले यसअघि गर्ने भनिएको आन्दोलनका कार्यक्रमहरु स्थागित गरिएको जनाएको छ । विभागले अनुभव नभएकाहरुलाई सम्पर्क अधिकृत तोक्ने गरेका छन् । विभागले ५ जनाबाट ३ जना मात्र सम्पर्क अधिकृत तोक्ने निर्णयपछि आक्रोसित आरोहीहरुले ५० जनालाई सम्पर्क अधिकृत तोक्न माग सहित आन्दोलन घोषणा गर्ने मनस्थिती बनाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१