वासिङ्टनमा २० वर्ष यताकै धेरै चिसो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७१, शुक्रबार १०:३१

अमेरिका,८ फागुन । अमेरिकाको पूर्वी क्षेत्रमा अत्याधिक चिसो भएको छ । त्यहाँको तापक्रम २० देखि ४० डिग्री सेल्सियले घटेको बिबिसीले जनाएको छ । साइबेरियाबाट आएको शितलहरले अमेरिकाको पूर्वी क्षेत्रमा चिसो बढाएको हो ।

buff-2-600x337बिबिसीका अनुसार फेब्रुअरी महिना लागेपछि अमेरिकाको पूर्वी क्षेत्रको तापक्रम सामान्यबाट २० देखि ४० डिग्री सेल्सियसले घटेको छ । अमेरिकाको राजधानी वाशिङटनमा अहिले मापन गरिएको तापक्रम २० वर्ष यताकै न्यून भएको समाचारमा उल्लेख छ ।
यस्तै अत्याधिक चिसो बढेपछि शिकागोका विद्यालय बन्द गरिएका छन् भने उत्तरपूर्वी करिडोरमा चल्ने रेल सेवा समेत ठप्प भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१