विश्वकप क्रिकेटमा युएइ जिम्बाबेसँग पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७१, बिहीबार १६:२१

काठमाडौं,७ फागुन । विश्वकप क्रिकेटमा जिम्बाबेले युएईलाई ४ विकेटले हराएको छ । २ सय ६ रनको लक्ष्य जिम्बाबेले २ ओभर बाँकी हुँदै ६ विकेट गुमाएर भेट्टाएको हो । जिम्बाबेलाई जिताउन सिन विलियम्सले नटआउट ७६ रन बनाए । ६५ बलको सामना गरेका विलियम्बसले ७ चौका र एक छक्का प्रहार गरे ।

Sean-williams उनी बाहेक ब्रेण्डन टेलरले ४७ तथा सिकन्दर राजाले ४६ रन बनाउँदै जितको आधार तयार पारेका थिए ।टस हारेर पहिले व्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो । युएईका साइमन अनवरले ६७ र कप्तान खुराम खानले ४५ रन बनाए । जिम्बाबे पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१