नयाँ दिल्ली,७ फागुन । भारतले बिहीबार छोटो दुरीको क्षेप्यास्त्र सफलताका साथ परीक्षण गरेको जनाएको छ । पृथ्वी दोस्रो नाम रहेको सो क्षेप्यास्त्र भारतको पूर्वी राज्य ओरिसामा परीक्षण गरिएको हो । स्रोतका अनुसार पृथ्वीबाट पृथ्वीमा मार हान्ने सो क्षेप्यास्त्रको क्षमता करिब ३५० किलोमीटर सम्म मार हान्न सक्ने रहेको छ । ओरिसाको चन्डीपुरमा सो क्षेप्यास्त्र हानिएको छ ।
यो क्षेप्यास्त्र पनि पृथ्वीबाट पृथ्वीमा मार हान्न सक्ने र भारतमा नै निर्माण गरिएको उत्पादन रहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । भारतीय सैनिक स्रोतका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ९ः३० मा सो क्षेप्यास्त्र परीक्षण गरिएको थियो । भारतले यसअघि पनि सन् २०१४ को नोभेम्बर महिनामा यस्तो क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र पनि पृथ्वीबाट पृथ्वीमा मार हान्न सक्ने र भारतमा नै निर्माण गरिएको थियो ।
प्रतिक्रिया