विद्यार्थीलाई अश्लील भाषा सिकाउने विद्यालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७१, बिहीबार १२:२१

एजेन्सी,७ फागुन । हरेक स्कुल आफ्ना विद्यार्थीहरुलाई राम्रा कुराहरु सिकाउछ तर भारतको उत्तरप्रदेशको एउटा यस्तो स्कुल छ जसले विद्यार्थीलाई असल कुरा सिकाउनुका साथसाथै अपमानजनक र अभद्र भाषा पनि सिकाउछ ।

यो अचम्म पर्ने कुरा त्यतिबेला सार्वजजिक भयो जतिबेला आजमगढ जिल्लाको मौजामा रहेको रत्ना पब्लिक स्कुलका म्यानेजर बच्चालाई परेड गराउँदै गरेको समयमा उनले बेइमानी र अपमानजनक भाषाको पाठ पढाएको भेटियो ।
यो शिक्षा यस स्कुलका भएका तीन कक्षा देखि १० कक्षासम्मका विद्यार्थीलाई दिँदै आइएको छ । यस स्कुलको स्थापना २००२ मा भएको थियो ।
student1टाइम्स अफ इन्डियामा छापिएको खवरअनुसार यो पूरै घटनाको केही व्यक्तिले रेकर्ड गरेर टिभी च्यानललाई दिए । यस भिडियोमा म्यानेजर राजीवकुमार भनिरहेका छन् कि विद्यार्थीहरुका लागि अपमानजनक भाषा सिक्न जरुरी हुन्छ ।
यो घटना सार्वजनिक भएपछि राजीवले आफूले कुनै गलत काम नगरेको र आफूलाई कुनै डर नभएको बताएका छन् । मिडिायालाई समेत धम्काउँदै उनले मिडियाका विरुद्ध आफूले जेसुकै गर्नसक्ने बताएका छन् ।
यस घटनापछि शिक्षा अधिकारी तुरुन्तै स्कुलमा पुगे र पढाइ बन्द गर्न आदेश दिए । एक अधिकारीका अनुसार राजीवकी पत्नी जो स्कुलकी प्रिन्सिपल हुन उनले बताएअनुसार राजीवले लामो समयसम्म बच्चालाई अभद्र भाषा सिकाउने तालिम दिइरहेका छन् ।
म्यानेजरलाई पुलिसले गिरफ्तार गरी सोधपुछ गरिरहेको छ । शिक्षा विभागका अनुसार यस प्रकारको घटना स्कुलमा लामो समयसमम कसरी चल्यो भन्ने कुरा जाँचपछि थाहा हुनेछ । यसका साथै यस स्कुलका अनुमति पनि रद्द गरिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१