काठमाडौं,७ फागुुन । कालो धनलाई वैध वनाउन लागेको भन्दै स्वीट्जरल्याण्ड सरकारले त्याहाँको एचएसवीसी वैंकमा छापा मारेको छ । एक ग्राहकलाई कर छलीगरि सम्पती थुपार्न सहयोग गरेको आरोपमा सरकारले सो वैंकमाथि छानविन थालेको हो । अधिकारीहरुले जेनेभास्थित वैंकको कार्यालयका कागजात नियन्त्रणमा लिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
कालोधनलाई सेतो वनाउने कार्यमा सघाउने वैंकका केही कर्मचारीमाथी पनि छानविन हुन सक्ने बताईएको छ । वैंक व्यवस्थापनले सरकारी छानविनमा सहयोग गर्ने वताएको छ । सो वैंकमा केही समयअघी नेपाल लगायत विश्वका केही मुलुकका व्यक्तीहरुले कालो धन राख्ने गरेको तत्य खुलेको थियो । एचएसवीसी वैंकमा नेपालीको ५ अर्व रुपैयाँ रहेको सम्वन्धमा संसदीय समितिले चासो देखाएको थियो ।
प्रतिक्रिया