उच्च शिक्षामा छात्रवृत्ति खुल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७१, बिहीबार १०:४९

काठमाडौँ,७ फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

eduसो विकास समितिले एलएलबी, बीएमा पत्रकारिता लिएको, बीबीए, बीएस्सी एग्रिकल्चर, बीएस्सी फरेस्ट्री, बीएस्सी नर्सिङ र एमबीबीएमा प्रथम वर्षमा भर्ना भई अध्ययनरत दलित समुदायका विपन्न गरिव, जेहेन्दार विद्यार्थीहरुलाई राहतस्वरुप छात्रवृीत्त वितरण गर्ने जनाएको छ ।
त्यसका लागि आगामी ३० दिनभित्र त्यस्ता विद्यार्थीले शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै सम्बन्धित क्याम्पसको सक्कल सिफारिसपत्र र भर्ना रसिदको फोटोकपी संलग्न गरी दरखास्त दिन भनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१