टिजेएफ –नेपालले सचिव समक्ष ज्ञापनपत्र बुझायो ,माग पुरा नभए आन्दोलन गर्ने चेतावनी (फोटो फिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार १७:४०

काठमाडौं,६ फागुन । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल) ले संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन वोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठलाई पर्यटन पत्रकारहरुको संस्था मञ्चसंग सहकार्य गर्न ध्यानाकर्षण गराएको छ ।

tjf nepal 5सरकारी –नीजि साझेदारीमा स्थापित नेपाल पर्यटन वोर्डले निजी क्षेत्रसंग सहकार्य गर्ने सन्दर्भमा पर्यटन पत्रकारहरुसँगको सहकार्यमा ध्यान नदिनु भनेको व्यक्तिवादी चिन्तनको पराकाष्ठ भएको मञ्चका अध्यक्ष शिव अधिकारीले वताए ।

tjf nepal 4  सचिव श्रेष्ठलाई ज्ञापनपत्र बुझाउन मञ्चसम्बद्ध छापामाध्यम,टेलिभिजन ,अनलाईन,रेडियो लगायतका चार दर्जन पर्यटन पत्रकार सहभागी भएका थिए ।

tjf nepal 2 अध्यक्ष अधिकारीले पेश गरेको ज्ञापनपत्रमा बोर्डको हरेक कार्यक्रमहरुमा टीजेएफ–नेपालसँग संस्थागत सहकार्य गर्नुपर्ने,पत्रकारसँग गर्नुपर्ने हरेक कामहरु टीजेएफ–नेपालसँगको सहमतिमा मात्रै गरिनुपर्ने,पत्रकारहरुको नाममा विनियोजित बजेट टीजेएफ–नेपालमार्फत खर्च गर्ने व्यवस्था गरिनुपर्ने, स्वदेश तथा विदेशमा हुने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरुमा पत्रकारको सहभागिता गराउने सन्दर्भमा टीजेएफ–नेपालको सिफारिसमा मात्र पठाउने व्यवस्था गरियोस् भन्दै टिजेएफ नेपालको ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै टीजेएफ–नेपालद्वारा स्थापित पर्यटन पत्रकारिता कल्याणकारी कोषलाई प्रभावकारी बनाउनको लागि बोर्डको तर्फबाट छुट्टै बजेटको व्यवस्था गरिनुपर्ने मञ्चले माग गरेको छ ।
tjf nepalज्ञापनपत्र बुझाउँदै अध्यक्ष अधिकारीले नेपाल पर्यटन पत्रकार मञ्च देश भरिका पर्यटन पत्रकारहरुको साझा संस्था भएकोले मञ्चले ध्यानाकर्षण गराएको विषयमा ध्यान नदिए पत्रकारहरु आन्दोलनमा जाने चेतावनी दिएका थिए ।
ज्ञापनपत्र बुझ्दै सचिव श्रेष्ठले पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यम र पत्रकारको भुमिका महत्वपूर्ण हुने भन्दै आँफु सहकार्यका लागी तयार रहेको वताए । सचिव श्रेष्ठले भने–“यसअगाडी पर्यटन वोर्ड पनि असहज अवस्थामा रहेकोले विगतमा के भयो भन्ने तिर नजाऔं ।” अव छिट्टै मञ्चलाई छलफलमा बोलाउने र सहकार्यका लागी ठोस वातावरण वनाउने उनले वताए ।

tjf nepal 3 कार्यक्रममा नेपाल पर्यटन वोर्डका निर्देशक काशिराज भण्डारी पनि उपस्थित थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१