मनाङले हरायो थ्रीस्टारलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार १६:५४

विराटनगर,६ फागुन । विराटनगरमा जारी विराट गोल्डकप फुटवल प्रतियोगितामा मनाङ– मस्र्याङदी क्लबले थ्रीस्टार क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेल सुरु भएको दुई मिनेटमा मनाङका दीपक राईले गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाए पनि २४ मिनेटपछि थ्रीस्टारका विष्णु सुनुवारले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

manangमध्यान्तरसम्म एक÷एक गोलको बराबरीमा रहेको दुवै टोलीले मध्यान्तरपछि आक्रमक खेल प्रदर्शन गरेका थिए । ८०औं मिनेटमा मनाङका शिव श्रेष्ठले गोल गर्दै टोलीलाई २–१को अग्रता दिलाएका थिए ।

अतिरिक्त समयको तेस्रो मिनेटमा मनाङका दीपक राईले दिएको पासलाई विशाल राईले पुनः गोल गर्दै मनाङको जित निश्चित गरेका थिए ।

खेल अवधिभर उत्कृष्ठ प्रदर्शन गरेका मनाङका खेलाडी दीपक राई ‘‘म्यान अफ दी म्याच’ घोषित भएका थिए । पहिलो सेमिफाइनल खेल आज झापा–११ र जगदम्बा लुम्बिनी फुटवल क्लब रुपन्देहीबीच हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१