जनकपुर महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार १३:५७

काठमाडौं, ६ फागुन । क्षेत्र नम्बर ७ जनकपुर काठमाडौं उपत्यकामा जारी महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’को आफ्नो अन्तिम खेलमा मंगलबार क्षेत्र नम्बर ५ नेपालगन्जलाई १० रनले हराउँदै जनकपुर ८ अंकका साथ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको जनकपुरले ३८ ओभर ५ बलमा अलआउट हुँदै १ सय १८ रन बनायो । प्रतीक्षा जीएमले सर्वाधिक ४ विकेट लिइन् । जवाफमा नेपालगन्जले ३२ ओभर ५ बल क्रिजमा टिकेर १ सय ८ रनमात्र बनाउन सक्यो । जनकपुरका शान्ति चौधरी र ममता चौधरीले समान ३–३ विकेट लिए ।

roji-final-finalहारपछि पनि नेपालगञ्ज ३ खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा कामयै छ । अर्को खेलमा क्षेत्र नम्बर १ विराटनगरले क्षेत्र नम्बर ३ काठमाडौंलाई ४३ रनले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको छ । विराटनगरले संगीता राईको अविजित ८० रनको मद्दतले ८ विकेट गुमाएर दुई सय रन बनायो । जवाफमा काठमाडौं एक सय ५७ रनमै समेटियो । काठमाडौंका पाँच खेलाडी रन आउट भएका थिए । हारपछि पनि एक खेल खेल्न बाँकी रहेको काठमाडौंको अन्तिम चार प्रवेशको सम्भावना भने कायमै छ । समूह ‘ए’बाट सशस्त्र प्रहरी र क्षेत्र नम्बर ६ बैतडी सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१