संसारको सबैभन्दा महंगो आइफोन सिक्स बिक्रिको लागि तयार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार ११:३४

एजेन्सी,६ फागुन । संसारको सबैभन्दा महंगो आइफोन स्मार्टफोनको रुपमा आएको एप्पल आइफोन सिक्स बिक्रिको लागि तयार छ । यो कुनै साधारण आइफोन सिक्स नभई २४ क्यारेट सुनबाट बनेको छ जसमा चारैतर्फ महँगा हिरा जडान गरिएका छन् । यद्यपी हिरा जोडिएको यो आइफोन सिक्सलाई एप्पल कम्पनीले नभई स्मार्टफाने कस्टमाइज गरेर बेच्ने कम्पनी गोल्डजिनीले बजारमा उतारेको हो ।

iPhone-6-gold316-02-2015-09-23-99T1 यो कम्पनीले एप्पल आइफोन सिक्सको बडीमा परिवर्तन गरेर त्यसलाई २४ क्यारेट सुनले बनाएको छ । यसलाई आइफोन सिक्स डाइमण्ड एक्टसी एडिसनको नाम दिइएको छ । यसको चारैतर्फ र एप्पल भएको लोगोमा ६,१२७ हिरा जोडिएको छ । अन्र्तराष्ट्रिय बजारमा यो एप्पल आइफोन सिक्स डाइमण्ड एक्सटसीको मूल्य  २.३ मिलियन पाउण्ड लगभग ३५ करोड रुपैयाँ राखिएको छ । स्मरण रहोस्, योभन्दा पहिले गोल्डजिनी कम्पनी एप्पल आइफोन ५ र ब्ल्याकबेरी र सामसुङको शीर्ष एण्ड स्मार्टफोनको गोल्ड एडिसन बनाइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१