जिशिकाले नपढाउने शिक्षकको तलब काट्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार ११:३०

जाजरकोट,६ फागुन । यहाँका विद्यालयमा नपढाउने १२ जना शिक्षकको जिल्ला शिक्षा कार्यालयले करिव तीन लाख रुपियाँ तलब काटेको छ । उनीहरुलाई शिक्षक सेवा अवधिसमेत गणना नहुने गरी कारवाही समेत गरिएको छ । जिशिका जाजरकोटले निरीक्षण गर्दा लामो समयदेखि विद्यालयमा उपस्थित नहुने यहाँका १२ शिक्षकको तलब सेवा गणना नहुने गरी काटिएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । कार्यरत शिक्षकहरु ५२ दिनसम्म विद्यालयमा हाजिरी नभएको पाइएपछि कारवाहीमा परेको उहाँले बताउनुभयो ।

money-300x215त्यसरी तलब कट्टा हुने शिक्षकमा चन्द्रदीपक निमावि नाहाडाका धनबहादुर बुढा ४२ दिन, सोही विद्यालयका डिलबहादुर बुढा ४२ दिन र कमला बुढा ३९ दिन रहेका छन् । त्यस्तै, बालकल्याण प्राविका निमबहादुर खत्री ३८ दिन, लक्ष्मी निमाविका कृष्णदेव रजक ३५ दिन, प्रावि घरंगाका सेख आलम हुसेन ४० दिन, लक्ष्मीप्राप्ति उमाविका सुशीला चौधरी ४४ दिन, ज्ञानुदया प्राविका वीरजीत घर्ती ५२ दिन, शिवशंकर उमाविका हरिप्रसाद शर्मा दुई दिन, सोही विद्यालयका लक्ष्मी केसी दुई दिन र प्रावि कटीगाँउका देवीसरा रावत छ दिन अनुपस्थित भएपछि तलब कटाइएको छ ।

उहाँले गयल भएका ती शिक्षकको शिक्षक सेवा अवधिसमेत गणना नहुने र आइन्दा त्यस्तो नगर्नू भनेर सचेतपत्र समेत थमाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१