बर्दिया निकुञ्जको पर्यटकीय नक्सा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार ११:२०

काठमाडौं,६ फागुन । मध्यपश्चिमका पर्यटकीय स्थलहरुमध्ये पर्यटकको सबैभन्दा बढी रोजाइमा पर्ने गन्तव्य हो बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटकीय नक्सा सार्वजनिक गरिने भएको छ । मनघरी फाउन्डेशले बदिर्या निकुञ्जलाई लक्षीत गर्दै पर्यटकीय नक्सा प्रकाशन गर्न लागेको छ ।

एकातिरको भागमा निकुन्जको नक्सा रहने बताइएको छ भने अर्कोतिरको भागमा मध्यपश्चिमका पन्ध्रै जिल्लाका पर्यटकीय स्थलहरुको सचित्र जानकारी रहने बताइएको छ ।

Bardiya-National-Park-Map-300x255बर्षेनी ५० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने बर्दियामा पर्यटकीय नक्सा नहुँदा पर्यटकहरु हराउने तथा गलत दिशातर्फ जाने गरेको मनघरी फाउन्डेशनका संरक्षक प्रेमबहादुर थापाले बताए ।

वाइल्डलाइफ टुरिजमका पारखी तथा बाघ अवलोकन गर्न चाहानेहरुलाई लक्षित गर्दै बर्दियामा पर्यटकीय नक्सा प्रकाशन गर्न लागेको थापाले जानकारी दिए । हिमालयन म्याप हाउसको प्राविधिक सहयोगमा नक्स प्रकाशन गर्न लागिएको हो ।

पर्या पर्यटन विकास मञ्च, बर्दिया र रैका ट्राभल्स एण्ड टुर्सको सहयोगमा प्रकाशन गर्न लागिएको नक्सामा पर्यटकीय स्थानहरु, आवात(जावत गर्ने बाटोहरु, अस्पताल, मन्दिर, होटल तथा पर्यटकसँग सरोकार राख्ने विषयहरु समावेश गरिने छ ।

निकुञ्जमा पाटे बाघ, एकसिंगे गैंडा लगायत ४ सय ६७ प्रजातिका चराहरु बसोबास गर्छन् । गोही प्रजनन केन्द्रमा घडियाल र मगर गोही हेर्न पाइन्छ । निकुञ्जमा चित्तल, बाह्रसिंगा, रतुवा, लघुना र जरायो गरी ५ प्रकारका हरिण पाइन्छन् । थारु संस्कृतीका लागि पनि बर्दिया उत्कृष्ट रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१