अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै बंगलादेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार ११:११

काठमाडौं,६ फागुन। एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अहिले अफगानिस्तानले बंगलादेशको सामना गरिरहेको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा जारी खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । पछिल्लो १५ वर्षदेखि टेस्ट मान्यता प्राप्त टोली बंगलादेश र पहिलोपटक एक दिवसीय विश्वकपमा स्थान बनाउन सफल टोली अफगानिस्तानबीचको खेल दुबै टोलीका लागि जारी विश्वकपमा पहिलो परीक्षणको रुपमा रहेको छ ।

bangaladesh-final2अफगानिस्तानले पछिल्लो दशक अन्तराष्ट्रिय क्रिकेटमा उल्लेख्य फड्को मार्दा सोही समयमा बंगलादेशको क्रिकेट भने निकै खस्केको छ । तालिबान विद्रोहीहरुले लामो समय शासन गरेपछि अस्तव्यस्त बनेको अफगानिस्तानको खेल जगत् तालिबानको पतनसँगै निकै माथि उठेको छ । एक दिवसीय क्रिकेटको पूर्ण सदस्यता प्राप्त आइसीसीको एसोसिएट राष्ट्र अफगानिस्तानले विश्वस्तरमा टेस्ट मान्यता प्राप्त टोलीहरुलाई समेत हराउँदै आएको छ । यसअघि सन् २०१४ मा भएको एसियन कप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई ३२ रनले हराएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१