विराट गोल्डकपः आज थ्री स्टार र मनाङ भिड्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार १४:०७

सन्तोष सिग्देल 

विराटनगर,५ फागुन । विराटनगरमा जारी विराट गोल्डकप फुुट्वल प्रतियोगिता अन्तर्गत आजको अन्तिम क्वार्टरफाईनल खेलमा चिर प्रतिद्वन्द्धी थ्री स्टार क्लव र मनाङ मस्र्याङ्दी फुट्वल क्लव आमने सामने हुदैंछन् । अधिकांश राष्ट्रिय टोलीले भरिभराउ यी दुई टोली भर्खरै पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधी भिडन्तमा भिडेका टोली हुन् । उक्त प्रतियोगितामा मनाङलाई हराउदैं थ्रि स्टारलले उपाधी चुमेको थियो । आजको खेल निकै नै प्रतिष्प्रर्धात्मक र रोमाञ्चक बन्ने अनुमान गरिएको छ । मनाङ पोखरामा बेहोरेको हारको बदला लिन चाहन्छ । मनाङलाई आज पोखरामा बेहोरेको हारको बदला लिने सुनौलो मौका भएको छ । उता राष्ट्रिय टिमका कप्तान सागर थापाको नेतृत्वमा रहेको थ्री स्टार पोखराको जितलाई निरन्तरता दिंदै मनाङलाई घर फर्काउने दाउमा छ । आजको बिजेताले सेमफाईनलमा त्रिभुवन आर्मीको सामना गर्नेछ ।

birat_goldयसअघि प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लवलाई ट्राईब्रेकरमा ४–२ ले हराउंदै झापा–११ ले सेमिफाइनलमा स्थान सुरक्षीत गरेको छ । शहिद रंगशालामा हिजो भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा झापाका कर्ण लिम्बु, बुद्ध चेम्जोङ, दिलन लोक्ताम र देवेन्द्र तामाङले गोल गरे भने रवि थापाको प्रहार बाहिरिएको थियो । यता पुलिसका निरकुमार राई र सुमन सुवेदीले गोल गरे । भोला सिलवाल र योगेश श्रेष्ठको प्रहारलाई झापाका गोलरक्षक नरेन्द्रमणी लिम्बूले उत्कृष्ट बचाउ गरे । यसअघि खेल सुरु भएको छैठौं मिनेटमा झापाका योगेश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । योगेशले कर्ण लिम्बुको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । तर झापाको अग्रता धेरै बेर सम्म टिक्न सकेन । पहिलो हाफको तेह्रौ मिनेटमा पुलिसका जुमानु राईले बराबरी गोल गरे । दुवै टिमले गोल गर्ने थुप्रै अवसर पाएपनि थप गोल हुन नसकेपछि पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो । मध्यान्तरपछिको १७ औं मिनेटमा झापाका योगेश गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २—१ को स्थितिमा पु¥याएका थिए । तर अन्तिम एक मिनट सम्हालिन नसक्दा झापाले गोल खायो र खेल दुईदुईको बराबरीमा पुग्यो । खेलको अन्तिम मिनेटमा पुलिसका मानबहादुर परियारले बराबरी गोल गरेका थिए । हिजोको खेलमा झापाका योगेश गुरुङ म्यान अफ म्याच घोषित भए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१