कोरियन सांसदले बनाए छोराको स्मृतिमा विद्यालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार १३:४२

काशी पोख्रेल

बाँके,५ फागुन । दुर्घटनामा परि मृत्यु भएको एक्लो छोराका सम्झना कोरियन सांसदले बाँकेको खजुराखुर्दको अमृतपुरका एक विद्यालय भवनको निर्माण गरिदिएका छन् । छोरा किम जोन सुको सम्झनामा दक्षिण कोरियाको कोरियन डेमोक्रेटिभ पार्टीका नेसनल एसेम्बली मेम्बर किसिक किम र उनकी श्रीमती हेजिम मुनले ५९ लाखको लागतमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अमृतपुर खजुरा खुर्दको निर्माण गरिदिएका छन् ।
१५ बर्षको उमेरमा दुर्घटनामा मृत्यु भएका छोरा सुको सम्झना बनाएको विद्यालयको हेर्न आएका कोरियाली दम्पतिको उपस्थितिमा विद्यालयको सोमबार उद्घाटन गरिएको छ । उदघाटनमा बोल्दै बाबु किमले छोराको नाम बनेको विद्यालयमा आउदा धेरै खुसी लागेको बताए । उनले भने, ‘म आशा गर्छु मेरा छोराको सपना यहाँका विद्यार्थी पुरागरिदिने छन् । देश र समाजमा यो विद्यालयका विद्यार्थी भोली नाम कमाउने छन् । जसले मेरो छोराको आत्माले शान्ति पाउनेछ ।’

DSC01915
बाबु किम बोलिरहदा उनी श्रीमति हेजिमले आँखाभरी आँशु पारिरहेकी थिइन् । उनले भनिन् ‘मेरो एउटा छोरा थियो, उसको दुर्घटनामा मुत्यु भयो, त्यसकै सम्झनामा यो विद्यालय बनाउन भएको शुसी लागेको छ ।’ उनले छोराको दुर्घटनाको कारण भने खुलाउन चाहिनन् । कोरियन सेभ द चिल्डेनमार्फत प्राप्त रकमबाट युनेस्को क्लब बाँकेले सो विद्यालय भवनको निर्माण भएको क्लब अध्यक्ष प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।
स्थानीय विकास अधिकारी जिवलाल भुषालले सो विद्यालय भवनको उद्घाटन गरेका छन् । जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका भुषालले राम्रो र ठुला भवनले मात्र गुणस्तरिय शिक्षा हासिल हुन नसक्ने बताउँदै शिक्षाको गुणस्तरलाई ध्यान दिन निर्देशन दिए । २०५६ सालमा छाप्रोबाट शुरु भएको बालविकास केन्द्रसहित भव्य भवनको निर्माण भएको छ ।
हाल विद्यालय १२५ विद्यार्थी रहेको सो विद्यालयमा अब विद्यार्थी बढ्ने अपेक्षा विद्यालयका प्रधानाध्यापक भद्रबहादुर बोहराले गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर सुनारको अध्यक्षताको भएको विद्यालय भवनको उद्घाटनमा सहायक जिल्ला शिक्षा अधिकारी रामसुरेश यादव, पूर्वगाविस अध्यक्ष पदम बहादुर धिताल, सेभ द चिल्ड्रेनका विरेन्द्र ठगुन्ना, पत्रकार निरज गौतम लगायतले बोलेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१