अब गुड्नेछ पिसाबबाट कार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार ११:५०

एजेन्सी,५ फागुन । पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ, जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।

मानिले मलमूत्रलाई फोहर चिजका रुपमा थन्काउँछन् । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् ।
दक्षिण कोरियाका वैज्ञानिकहरुले यस्तो महत्वाकांक्षी परियोजना सुरु गरिसकेका छन् जसबाट भविष्यमा पिसाबबाटै उर्जा निकालेर गाडि चलाउने मात्र होइन गाउँ तथा सहरमा विजुली समेत बाल्न सकियोस् ।
कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले मानिसको पिसाबमा हुने कार्वन परमाणुबाट सस्तो विजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना सुरु गरेका हुन् ।
वैज्ञानिकहरुको दाबी पत्याउने हो भने उर्जा उत्पादनका लागि अहिले प्रयोग भैरहेको प्लाटिनम फ्युल सेलको साटो मानव मूत्रमा पाइने कार्वनको प्रयोग गरिनेछ । फ्युल सेल्स भनेको यस्तो प्रविधि हो जसले रासायनिक उर्जालाई विद्युतिय उर्जामा परिवर्तन गर्छ, जसमा अक्सिजन र हाइड्रोजन बीच प्रतिक्रिया गराइन्छ । जसमा एक ग्यालिन बिसाबबाट ९० माइल गाडी गुडाउन सकिनेछ ।

Unbelievable-Urine-Fueled-Cars-300x236
फ्युल सेलमा प्रयोग हुने प्लाटिनमको साटो कार्वन प्रयोग गर्न सकिएमा निकै सस्तोमै विद्युतिय उर्जा उत्पादन गर्न सकिने दाबी वैज्ञानिकहरुको छ । वैज्ञानिक टोलीका प्रमूख जोङ सुङ यु का अनुसार पिसाबलाई फोहरको साटो उपयोगी वस्तुको रुपमा प्रयोग गर्न सकिएमा त्यसले वातावरणीय लाभ समेत प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१