काठमाडौं,५ फागुन । पछिल्लो समय देशको पर्यटन क्षेत्रमा लगानी बढ्दो छ । उद्योग विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा पर्यटन क्षेत्रमा विदेशी लगानी प्रस्ताव ह्वात्तै बढेको छ ।विशेषगरी चीन भारतलगायतका मुलुकहरुबाट लगानी प्रस्ताव आएको विभागले जनाएको छ । साउनदेखि माघसम्म पर्यटन क्षेत्रमा ३ अर्ब १ करोड रुपैयाँ लगानी प्रस्ताव आएको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो वर्षको यही अवधिमा पर्यटन क्षेत्रमा जम्मा ४८ करोड रुपैयाँ मात्र लगानी प्रस्ताव आएको थियो । विभागमा कृषि तथा बन, पूर्वाधार, उर्जा, उत्पादन, खानी, सेवा र पर्यटन गरि ७ विद्यामा लगानी प्रस्ताव आएको छ । दश महिनामा पर्यटन, उर्जा र खानी क्षेत्रमा बाहेक अन्य चार क्षेत्रमा भने अघिल्लो वर्र्याको सोही अवधिको तुलनामा लगानी प्रस्तावमा गिरावट आएको छ ।
प्रतिक्रिया