विश्वकप क्रिकेटमा न्युजिल्याण्डद्वारा स्कटल्याण्ड तीन विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार ११:३३

एजेन्सी,५ फागुन । एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले स्कटल्याण्डलाई तीन विकेटले हराएको छ । न्युजिल्याण्डको डुनेडिनस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गरेको स्कटल्याण्डले कमजोर प्रदर्शन गर्दै घरेलु टोली न्युजिल्याण्डले १ सय ४३ रनको सामान्य चुनौति पेस गरेको थियो । न्युजिल्याण्डले उक्त चुनौति २४ ओभर ५ बल खेल्दै पूरा ग¥यो । लक्ष्य पूरा गर्न न्युजिल्याण्डले सात विकेट गुमायो ।न्युजिल्याण्डका बलरहरुसामु सुरुदेखि नैं संघर्षरत स्कटल्याण्डले ३७ औं ओभरमा अलआउट हुनुपुर्व १ सय ४२ रन मात्रै जोड्न सक्यो ।

timthumbस्कटल्याण्डको लागि म्याट माचनले ५६ रन तथा रिची बेरीङ्टनले ५० रनको योगदान दिए । स्कटल्याण्डका ५ जना व्याट्सम्यानहरु रनको खाता खोल्न नपाउँदै पभेलियन फर्किएका थिए । स्कटल्याण्डलाई सस्तैमा समेट्न बलीङतर्फ  न्युजिल्याण्डका ड्यानिएल भिटोरी र कोरे एन्डर्सनले ३-३ विकेट लिए । जारी प्रतियोगितामा घरेलु टोली न्युजिल्याण्डको यो दोस्रो खेल हो भने स्कटल्याण्डको पहिलो खेल हो ।

आईसीसीको एसोसिएट सदस्य राष्ट्र स्कटल्याण्डले आठ वर्षपछि विश्वकप क्रिकेट खेलिरहेको हो । यसअघि सन् १९९९ र २००७ मा स्कटल्याण्डले विश्वकपमा खेलेको थियो । यता, न्युजिल्याण्डले भने जारी प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस श्रीलंकालाई ९८ रनले पराजित गरेको थियो । यसअघि, हिजो भएको खेलमा वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गर्दै आयरल्याण्डले सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१