चैत २० गतेसम्म पाठ्यपुस्तक नपुगे कारवाही

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार ११:१०

काठमाडौँ,५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी चैत २० गतेसम्म देशका सबै जिल्लामा स्कुले पाठ्यपुस्तक नपुगे जिम्मेवार पदाधिकारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । अख्तियारमा आज शिक्षा मन्त्रालयका पदाधिकारीहरु पाठ्यपुस्तकको छपाइ तथा बिक्री वितरणका बारेमा हालसम्मको उपलब्धिका बारेमा जानकारी दिन पुगेका थिए । उनीहरुलाई अख्तियारका पदाधिकारीहरुले आगामी चैत २० गतेसम्ममा कुनै पनि हालतमा देशका सबै जिल्लामा पाठ्यपुस्तक अनिवार्य रुपमा पुर्याइसक्न निर्देशन दिएका थिए ।

eduमन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले आफूहरुले अख्तियारले भनेकै मितिभित्र पाठ्यपुस्तक जिल्लामा पुर्याइसक्ने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो । देशका छ जिल्लामा फागुन १ बाट नयाँ शैक्षिक सत्र सुरु भएको छ र ती जिल्लामा जनक शिक्षाले छापेका पाठ्यपुस्तक पुगे पनि निजीले छापेका पाठ्यपुस्तक अझैसम्म नपुगेको बताइएको छ । अख्तियारले गत वर्ष पनि पाठ्यपुस्तक समयमा नपुगेमा जिम्मेवार पदाधिकारीलाई कारवाही गर्ने चेतावनी दिए पनि समयमा पाठ्यपुस्तक पुग्न सकेन र कारवाहीमा कुनै पनि पदाधिकारी परेनन् । त्यसैले यसपटकको कारवाही पनि साविककै अनुरुप हुने छ कि भन्ने अभिभावकवृत्तबाट चर्चा सुनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१