अब ट्विटरले गर्नेछ तपाईंको रोगको उपचार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ फाल्गुन २०७१, सोमबार ११:१२

एजेन्सी,४ फागुन । आन्द्राको रोगबाट लडिरहेका व्यक्तिहरुका लागि माइक्रोब्लगिंग साइट ट्विटर वरदान साबित भइरहेको छ । यस्ता बिरामीहरु ट्विटरको प्रयोग ग्लुटेनमुक्त भोजनसँग सम्बन्धित जानकारीहरुका लागि गरिरहेका छन् । एक ब्रिटिश शोधकर्ताले यो जानकारी दिएका छन् । डेटा माइनिंग प्रविधिको प्रयोग गरेर वारविक विश्वविद्यालयका सेन्टर फर इन्टरडिसिप्लिनरी मेथोडोलोजी (सिआइएम) का सेम मार्टिनले सिलिएक रोग (पेट सम्बन्धि रोग)को एक अनलाइन नेटवर्कको खुलासा गरेकी छिन् । सिलिएक रोगमा प्रतिरक्षा प्रणाली ग्लूटेन (गहुँ, जौ तथा जै मा पाइने एक प्रोटिन) बाट असामान्य ढंगबाट प्रतिक्रिया गर्नेछ जसले परिणामस्वरुप सानो आन्द्रामा चोट पुर्याउने गर्दछ ।

twitter

द इकोनोमिक टाइम्सका अनुसार नेटवर्कमार्फत उनले मानिसहरुले यी कुराहरुको बारेमा चर्चा गरिरहेको र गलूटोनमुक्त भोजनहरु कहाँ पाइन्छ र उक्त रोगको लक्षणबाट कसरी बच्नेजस्ता विषयमा चर्चा गरेको थाहा पाइन् । मार्टिन भन्छिन्, ‘सह–शब्द तथा भावनाको विश्लेषण गरेर मैले कस्ता रोगीहरु रोगको बारेमा जानकारी तथा जोखिमबाट बच्नका लागि सोशल नेटवर्किङ साइटको प्रयोग गर्छन् भन्ने कुरा पत्ता लगाउन सकेँ ।’ मार्टिनले लण्डनमा शुक्रबार आफ्नो शोध ब्रिटिश सोशियोलोजिकल सोसाइटीको सम्मेलनमा ‘एजिंग, बडी एण्ड सोसाइटि स्टडी ग्रुप कन्फरेन्स’ मा प्रस्तुत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१