कोतकतालाई हराउँदै आर्मी विराट सेमिफाइनलमा प्रवेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ फाल्गुन २०७१, सोमबार ११:०३

विराटनगर, ४ फागुन । विराटनगरमा जारी तेस्रो विराट गोल्डकपको आज भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभूवन आर्मी क्लव भारतीय कोलकताको जर्ज टेलिग्राफलाई २—० को अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले जर्ज टेलिग्राफलाई २—० को अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । थप गरिएको अतिरिक्त समयको ५ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै खाता खोलेका थिए । त्यसको ८ मिनेटपछि राजिब गुरुङले गोल गर्दै आर्मीलाई २—० को जीत सुनिश्च गराएका थिए ।

armi

खेल सुरु भएदेखि नै कलकतामाथि दबाब दिएको आर्मीका खेलाडीहरुले बारम्बार गरेको प्रहारलाई कलकताका गोल किपर महमद तारिकले बचाएका थिए । खेल सुरु भएको ७० औ मिनेटमा कोलकाताका सुदिप्त पलले गरेको प्रहार बार माथिबाट बाहिरीएपछि कोलकताले गोल गर्ने अवसर गुमाएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका भरत खवास घोषित भए । आर्मीले ७ गते हुने दोस्रो समेफाइनल खेल थ्री स्टार क्लब ललितपुर र मनाङ्ग मस्यारङ्गदी क्लब काठमाडौ क्लबको विजेतासंग प्रतिस्पर्धा गर्ने छ । आजको तेस्रो क्वाटरफाइनल खेल झापा ११ र नेपाल पुलिस क्बल काठमाडौंवीच हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१