काठमाडौं,४ फागुन । सुदुरपश्चिम पर्यटन विकास समाज धनगढीले भारतको दिल्लीमा सम्पन्न ट्राभल एण्ड टुरिजम फेयरमा ‘बेस्ट न्यू डेस्टिनेशन अवार्ड’ पाएको छ । तीन दिनसम्म सञ्चालन भएको मेला बिहीबार सम्पन्न भएको थियो ।
समाजले यसअघी जर्मनी र भारतमा भएको मेलामा पनि सहभागीता जनाएको थियो । समाजले सुदुरपश्चिममा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी त्यसको प्रचार(प्रसार तथा प्रवर्द्धन गर्दै आएको अध्यक्ष कृष्ण बहादुर महराले बताए ।
मेलामा सुदुरपश्चिमका पर्यटीय स्थलहरुको पदयात्रा रुटहरु, प्रोमोशनल भिडियो, ब्रोसर, पोष्टर लगाएतका सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो ।
तीनसय भन्दा बढी कम्पनी तथा पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरुको सहभागीत रहेको यो मेला भारतमा आयोजना गरिने सबै भन्दा ठुला मेलाहरुमध्येको एक हो । समाजका महासचिव सन्जय चौधरीले यस अवार्डबाट आफुहरुलाई काम गर्न थप हौसला मिलेको बताए ।
प्रतिक्रिया