कनिष्ठ कर्मचारीलाई कामु सहसचिवको जिम्मेवारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ फाल्गुन २०७१, सोमबार १०:१९

काठमाडौं,४ फागुन । मन्त्री भएदेखिनै विवादमा तानिएकि शिक्षा मन्त्री चित्रलेखा यादावले आफ्नै निवासमा उच्च माध्यामिक शिक्षा परिषदको बैठक बोलाएर कनिष्ठ कर्मचरीलाई कामु सहसचिवको जिम्मेवारी दिनुभएको छ ।

निमित्त उपाध्यक्ष र सदस्य सचिवको जिम्मेवारी समेत सम्हालेका सहसचिव नारायण कोइरालाले आफु सदस्य सचिवमा नियुक्त हुन सो रणनिती अपनाउनुभएको स्रोतले जनाएको छ । विवादको विच शिक्षा मन्त्री र सहसचिव कोइरालाले भर्खरै सहसचिवमा बढुवा हुनुभएका दुर्गा अर्याललाई प्रशासन महाशाखा, कनिष्ठ उपसचिव सन्तोष अर्याललाई कामु परीक्षा नियन्त्रक, सम्बन्धन महाशाखाका उपसचिव गोविन्द खनियालाई कामु सम्बन्धन महाशाखा प्रमुख र हिरा आचार्यलाई योजना महाशाखा प्रमुख बनाइएको छ । आचार्य परिक्षा उपनियन्त्रक हुनुहुन्थ्यो ।
मन्त्री यादवले सानेपा स्थित घरमा परिषदको बैठक डाकेर मनपरी नियुक्ती दिएपछि कर्मचारीले कडा आउपत्ती जनाएका छन् ,। मन्त्री आएपिच्छे आफु सोही पार्टीके कार्यकर्ता बताउदै आएका निमित्त परिक्षा नियन्त्रक सन्तोष अर्यालले पछिल्लो समय आफु मधेश्वादी भएकोले परीक्षा नियन्त्रक हुनुपर्ने दावी गर्नुभएको थियो । तर कामु सदस्य सचिव कोइरालाई तत्का बस्ने मन्त्री परिषदको बैठकले आफुलाई सदस्य सचिव बनाउने आसमा कर्मचरीलाई खुसी पार्न मनपरी बढ्वा गर्नुभएको स्रोतले जनाएको छ ।

1692-575911872667

यस्तै विनीयम विपरीत काठमाडौ कार्यालदय प्रमुख जंगबहादुअ अर्याललाई कामु सहचिव बनाएर काठमाडौ कार्यालय प्रमुख बनाइएको छ । विनीयम विपरीत मनपरी गर्न थालेपछि सहसचिव कोइरालाको विरुद्धमा कर्मचारीले आन्दोलन गर्ने तयारी गरेका छन् । कोइरालालाई कर्मचारीले भेट गर्न पुग्दा ६ महिनाको लागि मात्रै कामु दिएको बताउनुभएको थियो । यो अवधीभित्र आफु सदस्य ‘सचिव हुन सक्ने भएकोले कोइरालाले चलखेल गर्नुभएको हो–स्रोतले भन्यो ।
कामु परीक्षा नियन्त्रक बन्नुभएका अर्यालले केही महिनादेखिनै सहसचिव कोइराला मार्फ परिषदका अध्यक्ष एवं शिक्षा यादवसंग भेट गर्नुभएको थियो । खख्तियार दुरुपयोग अनुशन्धान आयोगले वरिष्ठ कर्मचारीलाई परीक्षा नियन्त्रक बनाउन दिएको निर्देशनलाई परिषदले ठाडै अस्विकार गर्दै कनिष्ठ उपसचिव सन्तोस अर्याललाई परीक्षा नियन्त्रक बनाएको छ । अर्याल भन्दा अघि उपसचिव भएका जंगबहादुर अर्याल, हिरा आचार्य, डम्बर बतास रहेका छन् । यसैविच कामु सदस्य सचिव कोइरालाई आफु्नो निकटलाई सदस्य सचिव सचिवालयमा नियुक्ती गर्न कामु सहसचिव राख्नुपर्ने जनाउदै मन्त्री समक्ष पेश गरेको प्रस्ता कर्मचरीले ठाडै अस्विकार गरेका छन् । कर्मचारीले सो प्रस्ताव अस्विकार गरेपछि कोइरालाले योजना महाशाखाका भाष्करदत्त पन्तलाई सदस्य सचिव सचिवालयमा लागिएको छ । करिब नौ महिनादेखि उपाध्यक्ष स सदस्य सचिव विहीन भएपछि लथालिङ बन्न पुगेको परिषदमा कर्मचारी नियुत्तीको विषय ठ्लो लफडा बन्न पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१