अन्तराष्ट्रिय स्तरको बुदोकैदो प्रतियोगिता बझाङमा शुरु हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७१, आईतवार ११:४६

सम्राट सिंह
बझाङ,३ फागुन । जिल्लामा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरियको बुदोकैदो प्रतियोगिता संञ्चालन हुने भएको छ । सेती साइपाल बझाङ बुदोकैदोको आयोजनामा बझाङको सदरमुकाम चैनपुरमा फागुन ७ र ८ गते अन्तराष्ट्रिय karante_218573बुदोकैदो सञ्चालन हुन थालेको हो । अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल र भारत गरी २ देशका खेलाडीहरुको सहभागिता रहने सेती साइपाल बझाङ बुदोकैदोका प्रमुख पुष्पलाल रोकायाले बताए ।
साइपाल बुदोकैदोले जिल्लामा यसभन्दा पहिले पनि २ पटक जिल्ला र क्षेत्रिय स्तरको बुदोकैदो प्रतियोगिताको समेत आयोजना गरेको थियो ।
बुदोकैदो प्रतियोगितामा पुरुष तौल समुहतर्फ ३०,३५,४०,५० किलो र खुल्ला तथा महिला खुल्ला तर्फको हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१