नारायण रिजाल
बागलुङ,३ फागुन । बागलुङ जिल्लालाई लाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नकोलागि विश्वशान्ति धनधाञ्याचल बिराट् महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव सुरु भएको छ ।
अनन्तश्री विभूषि मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको कथा पर्वचन र अगुवाईमा बागलुङ नगरपालिका ८ सर्वसिद्धिकोटमा निर्माण गर्ने विश्वकै अग्लो कलश र महाघण्ट निर्माणमा सघाउनको लागिएका लागि महायज्ञ गर्न लागिएको हो । महायज्ञ फागुन १५ गतेसम्म संचालन गरिने भएको छ ।
यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनको लागि महायज्ञ आयोजना गरिएको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताउनुभयो । स्कन्द पुराणमा समेत यस क्षेत्रको वर्णन गरेकोले शालिग्राम नदी पाइने कालीगण्डकी नदी र सर्वसिद्धिधाम पञ्चकोट ऐतिहासिक महत्व बोकेको उक्त स्थानमा महायज्ञ संचालनको महायज्ञ संचालन गरिएको हो ।
विश्वकै अग्लो १ सय ८ फिट उचाइको कलस र ५ हजार ५५ किलोको मुक्तिनाथ महाघण्ट निर्माण गर्ने आयोजकले जनाएका छन् । सर्वसिद्धि धाममा विभिन्न भौतिक पूर्वाधार निर्माणलाई तिब्रता दिएको समितिका उपाध्यक्ष नगेन्द्रराज उपाध्यायले बताउनुभयो । कलस स्थापना लागि ६० रोपनी जग्गा लिएको उहाँले जानकारी दिनुभयो ।
यहि फागुन ९ गते देश तथा विदेशका विशिष्ट व्यक्तिहरुबाट एक सय ८ फिट उचाईको कलश को शिल्न्यास गरिने बताईएको छ । सो स्थानमा १ सय ८ बर पिपल, ३ सय ६५ तुलसीका मठ समेत निर्माण गर्ने योजना रहेको छ ।
धौलागिरीकै धार्मिक पर्यटनको गन्तव्य बनाउन लागेको उक्त क्षेत्रमा पहिलो चरणमा ३५ करोड रुपैयाँको गुरुयोजना बनाएर विकास गर्न लागिएको छ । निर्माण गर्न लागिएको कलस विश्वकै अग्लो हुने आयोजकले दावी गरेका छन् । त्यहाँ गाई पाल्नकोलागि ‘गण्डकी गोपाल गौसाला निमार्ण गर्ने तयारी भएको, सो स्थानको ऐतिहासिक धार्मिक महत्व भएकोले स्थानीयले जग्गादान लगायतका पूर्वाधार निर्माणमा सघाइरहेका छन् । साथै तारा जालकोट, कारीकोट, माझकोट, राङराङकोट र संसारकोट रहेका छन् । सो कलश र घण्टमा कालीगण्डकी नदीबाट तामाको तोरन जोड्ने योजना रहेको छ ।
प्रतिक्रिया