पाठ्यपुस्तक पुग्नेमा मन्त्रालय नैं ढुक्क छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७१, आईतवार ११:०६

काठमाडौँ,३ फागुुन। आगामी शैक्षिक सत्रमा समयमा पाठ्यपुस्तक वितरण हुने कुरामा शिक्षा मन्त्रालय नै विश्वस्त हुन सकेको छैन ।

शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको अन्तरक्रियामा मन्त्रालयका प्रवक्ता डा.हरि लम्सालले माध्यमिक तहको पाठ्यपुस्तक समयमा पुग्ने देखिए पनि booksअन्य तहको पाठ्यपुस्तक समयमा पुग्ने कुरामा त्यति विश्वस्त हुनसक्ने आधार नभएको बताउनुभयो ।
उहाँले प्राथमिक तहको अवस्था पनि कमजोर भएको बताउँदै यस समस्यालाई समाधान गर्न आफूहरु प्रयत्नरत रहेको बताउनुभयो ।
जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध सञ्चालक अनिलकुमार झाले फागुन १ बाट शैक्षिक सत्र सुरु भएका जिल्लामा ८० प्रतिशत पाठ्यपुस्तक पुगिसकेको दावी गर्नुभयो ।
शिक्षा विभागका उपनिर्देशक डिकबहादुर राईले अनुगमनलाई बढाइएको र समयमा पाठ्यपुस्तक पुग्नसक्ने अवस्था सिर्जना गरिने बताउनुभयो ।
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले कर्णालीमा पुगेका पाठ्यपुस्तक विक्री नभई थन्किएको जानकारी प्राप्त भएको बताउनुभयो ।
निजी प्रकाशकका प्रतिनिधि दिपक भण्डारीले पाठ्यपुस्तक वितरणको कही कतै समस्या नरहेको दावी गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१