फेसबुकका मालिकले दिन्थे स्टाफको शीर काट्ने धम्की

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७१, आईतवार १०:५३

एजेन्सी,३ फागुन । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले आफ्ना कर्मचारीहरुलाई तरबारले शीर छेदन गर्ने धम्की दिने गरेको खुलासा गरेको छ । यस्तो खुलासा फेसबुकका एक पूर्वकर्मचारीले आफ्नो पुस्तकमार्फत गरका हुन् । सो पुस्तक फेसबुकको सुरुवाती समयमा काम गरेका पूराना कर्मचारी नोआ केगनले लेखेका हुन् । उनले लेखेका छन्, ‘जुकरबर्ग खराब काम गर्ने स्टाफहरुलाई जापानी ‘समुराई तरबार’ले शीर काट्ने धम्की दिन्थे ।’ केगनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘उनी कर्मचारीहरुलाई जापानीज समुराई तरबारले शीर छेदन गर्ने धम्की दिन्थे, थाहा छैन उनलाई समुराई तरबार कहाँबाट मिल्थ्यो, सौभाग्यबस म त्यहाँ रहँदासम्म कुनै कर्मचारीलाई केही नोक्सान पु-याएको देख्नु परेन ।’

Mark-Zuckerberg.

केगनले अघि लेखेका छन्, ‘एक पटक जुकरबर्गले आफ्नो कम्पनीमा कार्यरत एक इञ्जिनियरको कम्प्युटरमा पानी फ्याँकिदिएका थिए, अनि कराएका थिए, ‘यो …हो, यसलाई फेरी गर्, यदि यो काम समयमा सकिनस् भने तेरो मुखमा मुक्का हान्छु ।’ सन २००६ मा फेसबुकसँग आवद्ध भएका ३२ वर्षिय केगन फेसबुकका ३०औं कर्मचारी थिए । वेबसाइट ‘बिजनेस इनसाइडर’का अनुसार सो समय दुई स्यालरी प्याकेज (१. ६० हजार डलर तलब र कम्पनीमा १ प्रतिशत हिंस्सेदारी, २. ६५ हजार डलर तलब र कम्पनीमा ०.०५ प्रतिशत हिंस्सेदारी) रोज्न भनिएको थियो । केगनले पहिलो बिकल्प चुनेका थिए । यदि ९ महिनपछि उनलाई कामबाट ननिकालिएको भए उनी आज १८५ मिलियन डलरका मालिक हुन्थे । नेकनको यो खुलासाबारे हालसम्म जुकरबर्गले केही प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१