महिनावारीको वेला सेक्स गर्नु ठीक हो ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७१, आईतवार १०:४८

एजेन्सी,३ फागुन । महिनावारीको वेला सेक्स गर्नु ठीक हुन्छ कि हुँदैन ? यो कुरा महिला/पुरुष ज्यादै पिरोल्ने विषय हो । धार्मिक परम्परामा त महिनावारीको वेला सेक्स गर्न बर्जित गरिएको छ । तर, वैज्ञानिक अनुसन्धानले के भन्छ त ? आउनुस्, प्रेम र यौनको श्रृंखलामा यस विषयमा जानकारी राखौं ।

महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । त्यसलाई हामी महिनावारी भएको भन्छौ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

nepal_newshaving-sex-on-your-period-300महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन । एक स्वस्थ केटी/महिलासंग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एचआईभी तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एचआईभी तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।
पहिलो कुरा, महिनावारीको समयमा यदि तपाईको पार्टनर/महिलाको योनीमा पीडा छैन भन्ने सेक्स गर्दा कुनै हानिकारक मानिदैन । यदि तपाईको पार्टनरलाई कुनै आपत्ति छैन भने तपाई कण्डमविना नै सेक्स गर्न सक्नुहुन्छ । यसले कुनै प्रकारको विराम सिर्जना हुँदैन र कुनै शारीरिक विकार पनि उत्पन्न गराउँदैन ।

महिनावारीको वेला असुरक्षित यौन सम्पर्क (परिवारनियोजनका साधन प्रयोग नगरी) गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति वेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो ।

त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर यदि कसैको महिनावारी छिटो छिटो जस्तैस २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ – ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भ निरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ ।
दोस्रो जान्नै पर्ने कुरा, महिनावारीको समयमा महिलाको योनी अरु वेलाभन्दा गिलोपन हुन्छ, जसले सहवास प्रक्रिया सजिलो पनि गराउँछ । यो कुरा भुल्नै हुँदैन, यदि महिनावारीको समयमा तपाईको महिला पार्टनरमा कुनै प्रकारको इन्फेक्सनको आंशका छ भने तपाईले सेक्स गर्दै नगर्नुस्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१