काठमाडौं, ३ फागुन । हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रीको रौनक पशुपतिनाथमा शुरु भएको छ ।
महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथको दर्शन गर्नको लागि ठूलो संख्यामा देश विदेशबाट भक्तजनहरु आउने भएकाले पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारीहरु भने गरिरहेको छ । तर पनि विगतका वर्षहरुको रमझम भने देखिदैन ।
विगत बर्षमा महाशिवरात्री पर्वमा पाशुपत क्षेत्रमा विशेष तयारी हुन्थ्यो । तर यस बर्ष भने शिवरात्री मुखमै आइपुग्दा समेत खासै तयारी भएको देखिदैन । जीर्ण भएका भित्ताहरू मर्मत, रङ्रोगन गर्ने काम त परै जाओस् पाशुपत क्षेत्रको सरसफाई समेत भएको देखिदैन ।
प्रमुख पर्वहरूमा मध्येमा पर्ने महाशिवरात्री पर्व मुखमै आइसकेको छ । महाशिवरात्रीको अवसरमा पाशुपात क्षेत्रमा विशेष मेला पनि लाग्ने गर्दछ । यो पर्वमा नेपाल तथा भारतका विभिन्न ठाउँहरूवाट दर्शन र पूजा शनिबारा गर्न हजरौको संख्यामा भक्तजनहरू आउने गर्दछन् । महाशिवरात्रीलाई मध्यनजर गर्दै यति बेलासम्म पाशुपत क्षेत्रमा तयारीका कामहरू लभभग पूरा भइसक्नुपर्ने थियो । तर यस बर्ष पाशुपत क्षेत्रमा महाशिवरात्री तयारीको कुनै रौनक देखिदैन ।
पाशुपात क्षेत्रमा महाशिवरात्रीको तयारीका नाममा मात्र प्रवेशद्धार बनाउने काम भइरहेको छ । यस बर्ष रङ्ग खुइलिएका छानाहरूमा रङ्ग लगाउने काम, जिर्ण भएका भित्ताहरू मर्मत गर्ने काम लगाएतका कुनै पनि भएका देखिदैन । गएको बर्ष आवश्यकता भन्दा बढि तयारी गरेको पशुपति क्षेत्र विकास कोषले अहिले शिवरात्री पर्वको लागि सामान्य तयारी पनि गरेको छैन ।
प्रतिक्रिया