तेस्रो महिला साईकल दौड प्रतियोगिताको छनौट चरणको दौड सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७१, आईतवार ०८:३०

3 प्रविण टिबडेवाल / रौतहट ३  फाल्गुन ।
राजदेवी मिडिया सेन्टर द्धारा आयोजित तेस्रा महिला साईकल दौड प्रतियोगिता २०७१ को शनिवार छनौट प्रक्रिया सम्पन्न भएको छ । सदरमुकाम गौर स्थित राईस मिलको मैदानमा सम्पन्न छनौट प्रतियोगिता बाट यहि फाल्गुन ७ गतेका दिन प्रजातन्त्र दिवसको अवसरमा हुने उक्त प्रतियोगिताको फाईनल दौडका लागि ३० जना महिलाहरु छनौट भएका छन् ।
9
१५० जना महिलाहरुले सहभागिता जनाएको उक्त छनौट चरणका लागि १०÷१० जना सहभागी लाई १५ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट उत्कृष्ट २÷२ जना गरी जम्मा ३० जना महिला फाईनल प्रतियोगिताको लागि छनौट भएको आयोजक संस्थाका उपाध्यक्ष प्रविण टिबडेवालले जनाएका छन । प्रत्येक वर्ष हुने सो प्रतियोगिताको यस वर्ष तेस्रो संस्करणको आयोजनामा उत्साह बद्र्धक सहभागिताले महिलाहरु र उनका अभिभावकहरुमा राम्रो सन्देश पुर्याउन सफल भएको छनौट प्रतियोगिता हेर्न आएका दर्शकहरुले बताएका छन् ।
५ हजार भन्दा बढी दर्शकहरु मांझ सम्पन्न छनौट प्रतियोगिता बाट अन्तिम चरणका लागि छनौट भएका ३० जना मध्ये उत्कृष्ट २१ जनालाई साईकल तथा ९ जनालाई गिफ्ट हैम्फर पुरस्कार स्वरुप प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष राम पुकार राउतले बताएका छन् ।1

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा हुने अन्तिम चरणको दौडमा १५ हजार भन्दा बढि दर्शक आउने अनुमान गरिएको छ । प्रतियोगिता स्थल र साईकल दौड हुने रुठ भरी नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र विभिन्न संघ संस्थाका स्वयम् सेवकहरु परिचालन गरिने आयोजक संस्थाले जनाएको छ भने फाईनल चरणको दौड ७ कि.मी लामो हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१