कृष्ण पुलामीको चौथो प्रस्तुती ‘फ्रेण्डशिप धमका चार’ मलेसियामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७१, आईतवार ०८:०६
16829_648434271968606_2079630086189297638_nप्रकाश ‘पुष्पक’ राई –  क्वालालम्पूर मलेसिया । नेपालीहरुको प्रमुख रोजगारको प्रवाशभूमी मलेसियामा हरेक वर्ष भइरहेको फ्रेन्डसिप धमका कार्यक्रममा यो वर्ष चाइनिज न्यूइयरको उपलक्ष्यामा कृष्ण पुलामीको चौथो प्रस्तुती ‘फ्रेण्डशिप धमका चार’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
पुराना श्रष्टालाई सम्मान र नयाँ पुस्तालार्ई प्रोत्साहन दिने उद्धेश्यका साथ हुने उक्त साँगितिक कार्यक्रममा नेपालका विभिन्न बिधाका ख्याती प्राप्त कलाकारहरु उपस्थितहुने भएकाछन् । भद्रगोलका चर्चितहास्य कलाकारहरु अर्जुन घिमिरे (पाडे) र कुमार कट्टेल (जिक्रि) को रोमान्स हास्य प्रस्तुती, चर्चित गायका प्रमोद खरेल, आधुनिक गायक सागर संसार राई, लोक गायिका जानकी तारामी मगर र भोजपुरी तथा नेपाली गायिका सेलिना कुवरको को सुमधुर आवाजमा गुञ्जीने गुञ्जनको सुरिलो भाकामा सम्पूर्ण नेपाली दर्शकहरुलाई मनोरन्जनको मुख्य भाग पस्कीनको लागी नायिका पार्वती राई र नायक विक्की पुलामीको जोड प्रस्तुत रहेको छ । यही आगामी फरवरी १९ तारिक बाट २२ तारिक २०१५ (फाल्गुन ७—११) सम्म हुने उक्त बिशाल साँगीतीक कार्यक्रममा सहप्रयोजक प्रवाशी कलाकार मञ्च मुहार र प्रवाशी मगर संघ पेनाङ् छन् भने मिडिया पर्टनर साझा सवाल मिडिया प्र.ली मलेसिया रहेको छ । साझा सवाल मिडिया प्र.ली मलेसियाका इन्चार्ज प्रदिप राईका अनुसार यो पटक भइरहेको विशाल धमकामा विगत बर्षका धमकाहरु भन्दा बेग्लै तरिकाले यो वर्षको धमकाहुने निश्चित रहेको बताउनुभएको छ भने लगभग दर्शकहरुको संख्या अरु वर्षहरुभन्दा यो वर्ष धेरैनै रहेको दावी गर्नुभएको छ । मलेसियाको मुख्य मुख्य शहरहरु जोहोर, पेनाङ्, मुहार र बातुपाहातमा नेपालीहरुको चाप धेरैनै रहेकोले मनोरन्जन लिन आउने संख्या पनि धेरै बढिरहेको टिकट बिक्रेताहरु बताउँछन् । यही फरवरी १९ बाट तारिक बाट हुन गईरहेको ‘फ्रेण्डशिप धमका चार’ मलेसियामा १९ तारिक जोहोरको जोहरबारु पासिर गुडाङ्मा दिनको १२ बजेबाट ५ बजे, २० तारिक पेनाङ्को बि.एम सुमित होटेलको छेउमा दिनको १२ बजेबाट ५ बजेसम्म २१ तारिक मुहार बगेरी दिनको १२ बजेबाट ५ बजे सम्म २२ तारिक बातुपाहातको बि.पि महलको अगाडी दिनको १२ बजेबाट ५ बजे सम्म हुने धमकाका डाइरेक्टर कृष्ण (कृष) पुलामीले बताउनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, पुस १३, २०८१